सोमबार, असार १, २०८३

बन्दसूची सच्याउन दलहरूले पाए थप दुई दिन

निर्वाचन तालिकाबमोजिम राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची पेस गर्ने समय असोज २–३ सम्म कायम गरेको हो।
 |  सोमबार, भदौ २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २७, २०७९

काठमाडौं– निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम निर्धारण गरी नेपाल राजपत्रमा प्रकाशित भइसकेको बताएको छ ।

National life

निर्वाचन तालिकाबमोजिम राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची पेस गर्ने समय असोज २–३ सम्म कायम गरेको हो। राजनीतिक दलहरूलाई उम्मेदवारको बन्दसूची छानबिन गरी आवश्यकताअनुसार सच्याउन ४ देखि ९ असोजसम्म समय तोकिएको छ।

यस्तै, राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची संशोधन गरी पेस गर्न १० देखि १६ असोजसम्मको समय दिइएको आयोगले बताएको छ। प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २८ बमोजिम उम्मेदवारको बन्दसूची पेस गर्नेसम्बन्धी विधि तथा प्रक्रिया उल्लेख रहेको आयोगको भनाइ छ। 

राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची पेस गर्दा पूरा गर्नुपर्ने विधि तथा संलग्न गर्नुपर्ने कागजातको सम्बन्धमा तयार गरिएको चेक लिस्ट आयोगको वेबसाइटमा राखिएको छ। राजनीतिक दलहरूले २–३ असोजसम्म उम्मेदवारको बन्दसूची पेस गर्दा आवश्यक कागजात संलग्न राखी कानुनी व्यवस्थाबमोजिमको संख्यामा समानुपातिक समावेशी सिद्धान्त प्रतिनिधित्व हुने गरी पेस गर्नुपर्नेछ।

पेस गरेको बन्दसूचीमा मुख्य निर्वाचन अधिकृतबाट छानबिन भई राजनीतिक दललाई यस्तो सूची सच्याउन ४ देखि ९ असोजसम्म समय निर्धारण गरिएको आयोगले जनाएको छ।

Shivam cement

प्रकाशित: Sep 12, 2022| 11:04 सोमबार, भदौ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...