बिहीबार, साउन १४, २०८३

रामघाटमा ज्येष्ठ नागरिक सभाहल निर्माण गरिँदै

लक्ष्मीनारायण गुठी सञ्चालक समितिद्वारा यहाँ ज्येष्ठ नागरिकलाई लक्षित गरेर सभाहल बनाउन थालिएको हो।
 |  सोमबार, भदौ २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २७, २०७९

रामपुर- धार्मिक तथा पर्यटकीय नगरी रामपुर नगरपालिका–५ स्थित रामघाटमा ज्येष्ठ नागरिक सभाहल निर्माण थालिएको छ। लक्ष्मीनारायण गुठी सञ्चालक समितिद्वारा यहाँ ज्येष्ठ नागरिकलाई लक्षित गरेर सभाहल बनाउन थालिएको हो। 

संघीय सरकारको २५ लाख सहयोगमा निर्माण हुने भवन आगामी कात्तिक महिनाभित्र सम्पन्न गर्ने लक्ष्यअनुसार निर्माण अगाडि बढाइएको लक्ष्मीनारायण गुठी सञ्चालक समितिका अध्यक्ष बुद्धिप्रकाश रेग्मीले जानकारी दिए।

नगरप्रमुख  रमणबहादुर थापाले धर्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा विकास हुँदै गरेको रामघाटमा ज्येष्ठ नागरिक सभाहल आवश्यक रहेको हुँदा निर्माणकार्य सकिएपश्चात ज्येष्ठ नागरिकलाई घरबाट रामघाटसम्म आवतजावतका निम्ति यातायातको व्यवस्थापन गरिदिने बताए। 

भवन निर्माण सकिएपछि दैनिक भजनकीर्तन, प्रवचन गर्नलाई सहज हुनेछ। यहाँ बन्न लागेको ज्येष्ठ नागरिक सभाहल धार्मिक तथा विभिन्न कार्यक्रमका निम्ति प्रयोग गरिनेछ। करिब तीन सय मानिस अट्ने क्षमताको सभाहल बन्नेछ। 

कालीगण्डकीको तटमा अवस्थित रहेकाले नदी स्नान गर्ने, लक्ष्मीनारायण मन्दिरमा पूजाआजाजस्ता धार्मिक क्रियाकलाप हुने गरेको छ। यसै क्षेत्रमा ज्येष्ठ नागरिकका लागि मिलन केन्द्र निर्माण गरिएको छ। रासस

प्रकाशित: Sep 12, 2022| 10:34 सोमबार, भदौ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।