शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पोखरामा एक महिलामाथि सामूहिक बलात्कार, आठ जना पक्राउ

पोखरामा एक महिलामाथि सामूहिक बलात्कार, आठ जना पक्राउ

गएको १४ गते पोखरा ७ शान्तिनगरबाट कारमा लिफ्ट पाएकी एक महिलामाथि सामूहिक बलात्कार भएको उजुरी परेको कास्की प्रहरीले जनाएको छ।
 |  सोमबार, भदौ २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २७, २०७९

कास्की- पोखरामा एक महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।

National life

गएको १४ गते पोखरा ७ शान्तिनगरबाट कारमा लिफ्ट पाएकी एक महिलामाथि सामूहिक बलात्कार भएको उजुरी परेको कास्की प्रहरीले जनाएको छ।

गएको १४ गते बिहान कारमा लिफ्ट दिएकाहरूले कास्कीको माछापुच्छ्रे गाउँपालिका लगेर बलात्कार गरेको भन्दै पीडित महिलाले प्रहरीमा उजुरी दिएकी हुन्। 

माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ३ मा रहेको एक बङ्गुर फार्ममा लगेर कर्मचारी बस्ने कोठामा ९ जनाले पटक पटक बलात्कार गरेको पीडित महिलाले बताएकी कास्कीले जनाएको छ।

कास्कीका प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले पीडित महिलाले १५ गते बेलुकी नै उजुरी दिएको बताए।

बलात्कारमा संलग्न रहेको आरोप लागेका ९ जनामध्ये ८ जना पक्राउ परिसकेको र फरार रहेका एक जनाको खोजी भइरहेको  प्रहरीले जनाएको छ।  

पक्राउ परेकालाई जिल्ला अदालत कास्कीबाट पहिलो पटक ७ दिन र दोस्रो पटक ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहको प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए।

प्रकाशित: Sep 12, 2022| 08:54 सोमबार, भदौ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।