शुक्रबार, साउन १, २०८३

किशोरी बलात्कारका आरोपी पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी–कञ्चनपुरको बेलडाँडी गाउँपालिका–१ की १६ बर्षीया एक किशोरी बलात्कारमा संलग्न अभियुक्त मध्येका एक पक्राउ परेका छन् । 

बिहीबार राति बलात्कार भएको भनिएको उक्त घट्ना संलग्न मध्येका मानबहादुर बिष्ट पक्राउ परेको कञ्चनपुर प्रहरीले जानकारी दिएको छ । सोही ठाउँका बिष्टलाई प्रहरीले शनिबार पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । 

कञ्चनपुर प्रहरी प्रवक्ता डिएसपी कृष्ण ओझाले अन्य अभियुक्तको खोजी कार्य जारी रहेको जानकारी दिए । उनले किशोरीको महाकाली अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरी अनुसन्धान सुरु भएको बताए । 

किशोरीका बुबाका अनुसार राति करिब साढे १२ बजेतिर सत्यनारायणको कथा सकेर सबै खाना खाइरहेको बेला घर र छरछिमेकका स–साना बालबालिकाहरु बुफर लगाएर आँगनमा नाच्दै थिए । चिनजानकै एक युवकले फोन गरेर उनलाई घरनजिकैको सडकमा बोलाएका थिए । 

त्यहाँ दुई मोटरसाइकलमा चार युवक थिए । उनीहरूले किशोरीलाई मोटरसाइकलमा राखेर नजिकैको जबदिया गाउँ लगेर बलात्कार गरेका हुन् । छोरीका अनुसार विवाह गर्छु भन्दै बोलाएको बाबुले जानकारी दिए । पीडित पक्षले चिनेका दुई जनाको नाममा किटानी दिएको छ । 

१४ वर्षीया बालिका बलात्कृत 

कैलालीको घोडाघोडी नगरपालिका वडा नम्वर ६ बछेरियामा एक १४ वर्षीय बालिका बलात्कृत भएकी छिन् ।

सोही ठाउ बस्ने ३३ वर्षीय हर्क कुँवरले घरमा कोही नभएको मौकाछोपी भदौ १३ गते राति बालिकालाई बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ । 

१३ गते रातिको घट्ना प्रहरीमा भने १५ गते मात्र पुगेको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए । बलात्कृत बालिकाको टीकापुर अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । कुँवरका नाममा पीडित बालिकाका आफन्तले किटानी जाहेरी दर्ता गराएको र अभियुक्त कुँवर फरार रहेकोले खोजीकार्य जारी रहेको जोशीले जानकार दिए ।  

बालिका बाजेसँग बस्दै आएकी र त्यो दिन बाजे जेठो छोराको घरमा बस्न गएको मौका छोपेर कुँवरले बलात्कार गरेको खुल्न आएको प्रहरीले जानकारी दियो । बालिकाका आमा बुवा अछाममा बस्दै आएका बुझिएको छ । बलात्कृत बालिका कक्षा ७ मा अध्यानरत छिन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।