शनिबार, फागुन ३०, २०८२

घातक बन्दै डेंगु, बागमतीमा एकै दिन दुई जनाको मृत्यु

बागमती प्रदेशमा डेंगु संक्रमणबाट एकै दिन दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका-१ चौकीटोलका १३ वर्षीय बालक र ललितपुरको ग्वार्को निवासी ३६ वर्षीय पुरुष रहेका छन्।
 |  सोमबार, भदौ २७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २७, २०७९

काठमाडौं- बागमती प्रदेशमा डेंगु संक्रमणबाट एकै दिन दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका-१ चौकीटोलका १३ वर्षीय बालक र ललितपुरको ग्वार्को निवासी ३६ वर्षीय पुरुष रहेका छन्।

National life

उनीहरू दुबै जनाको राजधानी काठमाडौंमा उपचारको क्रममा ज्यान गएको बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। मृत दुवै जना डेंगुबाट संक्रमित भइ अस्पतालमा उपचाररत रहेको निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठले बताए।

बागमती प्रदेशमा हालसम्म डेंगु संक्रमितको संख्या ८ हजार ९१७ पुगेको छ। सबैभन्दा बढी संक्रमित ललितपुरमा रहेको बताइएको छ। ललितपुरमा मात्रै ३ हजार ७९ जनामा डेंगु पुष्टि भइसकेको छ।

काठमाडौंमा १ हजार ७ सय ९७ जना, मकवानपुरमा १ हजार ४५ जना, चितवनमा २ सय ५ र धादिङमा १ सय २१ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ।

ज्वरो आउनु, जिउ दुख्नु लगायत लक्षण डेंगुको भएको स्वास्थ्यकर्मीले जनाएका छन्। डेंगु हुँदा प्रसस्त पानी पिउने, आराम गर्ने गर्नुपर्छ। तर, एस्प्रिन, ब्रुसेट, पानोफ्लाम, फेलेक्सन जस्ता औषधि नखान चितित्सकको सुझाव छ। ब्रुफेन, निमुसलाड, एस्प्रिन जस्ता दबाईले रगत पातलो बनाउने र रक्तस्राब बढाउने भएकोले झन खतरा हुन्छ। डेंगु ज्वरोमा मरिने भनेकै रक्तस्राव भएर हुने स्वास्थ्यकर्मीले जनाएका छन्।

Laxmi sunrise bank
kumari

डेंगु ज्वरो एडिस एजिप्टाइ जातको पोथी लाम्खुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ।  अचानक उच्च ज्वरो दुख्नु, आँखाको वरिपरी तथा कन्चटमा धेरै दुख्नु, शरीर दुख्नु, घाँटी बस्नु, शरीरमा साना बिबिरा आउनु, शरीर चिलाउनु, वाकवाकी र वान्ता आउनु, छटपटी हुनु, रिंगटा लाग्नु, निद्रा नलाग्नु, हड्डी तथा मांशपेशी निकै दुख्नु, आँखा तथा घांटी रातो हुनु जस्ता लक्षण देखिएमा डेंगु भएको हुनसक्ने भएकाले चिकित्सकलाई देखाउनुपर्छ।

प्रकाशित: Sep 12, 2022| 08:10 सोमबार, भदौ २७, २०७९
प्रतिक्रिया दिनुहोस्