काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित रिता माझीले पार्टी परित्याग गरेकी छन्।
राप्रपा केन्द्रीय सदस्यसमेत रहेकी माझीले आइतबार विज्ञप्ति प्रकाशित गरी पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारीसहित साधारण सदस्यतासमेत परित्याग गरेको बताएकी छन्।
भावनाशून्य, विचारहीन राप्रपामा बसिरहन आत्माले स्वीकार नगरेका कारण आजैका मितिदेखि लागू हुने गरी निर्वाचित केन्द्रीय सदस्यसहित राप्रपाको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको उनले विज्ञप्तिमार्फत जनाएकी छन्।