शनिबार, वैशाख २२, २०८१

कति कमाउँछन् सवारी साधन बेच्ने कम्पनीले?

उत्पादक कम्पनीबाट अनुमति लिएर आधिकारिक विक्रेताहरुको रुपमा कम्पनीहरुले यहाँ सवारीसाधन बेच्छन्। सवारीसाधन आयात गरेर नेपालमा बेच्ने १३ वटा कम्पनीले गत वर्ष (सन् २०२१ मा) आफ्नो व्यवसाय औसतमा ४५ प्रतिशतले बढाएका छन्।
 |  सोमबार, भदौ २७, २०७९

भीमा पन्थी

भीमा पन्थी

सोमबार, भदौ २७, २०७९

काठमाडौं- नेपालमा अहिलेसम्म सवारीसाधन उत्पादन हुन सकेको छैन। यहाँका सडकमा चल्ने सबै सवारीसाधन आयातीत हुन्। यहाँ अमेरिकादेखि भारत, चीनदेखि जर्मनी, मलेसियादेखि बेलायतसम्मका विभिन्न देशबाट सवारीसाधन आयात हुन्छन्। उत्पादक कम्पनीबाट अनुमति लिएर आधिकारिक विक्रेताहरुको रुपमा कम्पनीहरुले यहाँ सवारीसाधन बेच्छन्। यस्ता कम्पनीले वार्षिक अर्बौंको कारोबार गर्छन्। राम्रो नाफा कमाउने कम्पनीमा पर्छन् यी कम्पनी। 

triton college

त्यसो त सवारीसाधन विक्रेता कम्पनीहरुको वासलात सार्वजनिक हुँदैन। किनकी यस्ता कम्पनी प्रालिको रुपमा सञ्चालित छन्। तर इक्रा नेपाल र नेपाल केयर रेटिङले नेपालमा सवारीसाधन बेच्ने कम्पनीहरुको आम्दानी विवरण सार्वजनिक गरेको छ। हेरौं, कुन कम्पनीले कति कमाउँछन्?

सवारीसाधन आयात गरेर नेपालमा बेच्ने १३ वटा कम्पनीले गत वर्ष (सन् २०२१ मा) आफ्नो व्यवसाय औसतमा ४५ प्रतिशतले बढाएका छन्। सन् २०२१ मा नेपाली बजारमा अधिकतम हिस्सा ओगटेका सवारीसाधन बिक्री गर्ने कम्पनीहरुले कुल ५ खर्ब ५८ अर्ब ६७ करोडभन्दा बढी आम्दानी गरेका छन्। यो आम्दानी सञ्चालन आम्दानी हो र सन् २०२० को तुलनामा ४५.२० प्रतिशतले बढी हो। सन् २०२० मा यी कम्पनीहरुले ३ खर्ब ८४ अर्ब ७७ करोड आम्दानी गरेका थिए।

२०२० मा कोरोना महामारीका कारण अन्य आर्थिक गतिविधि ठप्पप्रायः भएको अवस्थामा पनि आकर्षक व्यापार गरेका सवारीसाधन विक्रेता कम्पनीले सन् २०२१ मा पनि उल्लेख्य कारोबार गरेका छन्। त्यसो त २०२० मा यी कम्पनीहरुको व्यवसाय २४ प्रतिशतले घटेको देखिन्छ। २०१९ मा ५ खर्ब ७ अर्ब ८५ करोडबराबर आम्दानी गरेका थिए। 

corrent noodles
Metro Mart
सबैभन्दा बढी नाफा कमाउने होण्डाको विक्रेता
होण्डा ब्राण्डका सवारीसाधनको नेपालका लागि आधिकारिक विक्रेता हो स्याकर ट्रेडिङ कम्पनी। यो कम्पनीले सन् २०२१ मा १३ अर्ब ४२ करोड ९० लाखको कारोबार गरेको छ। यो रकम अन्य सवारीसाधन विक्रेता कम्पनीहरुको तुलनामा अधिकतम हो। यद्यपि आम्दानी वृद्धिदर भने १७.१० प्रतिशत हो। कम्पनीले सन् २०२० मा ११ अर्ब ४६ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको थियो। त्यस्तै २०१९ मा १४ अर्ब १८ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी कमाएको थियो। 

यो कम्पनी नेपालमा सन् १९७६ मा फर्मको रुपमा स्थापना भई २०११ मा प्राइभेट लिमिटेड अर्थात् स्याकार ट्रेडिङमा परिणत भएको हो। यसले होण्डा ब्रान्डका दुईपांग्रे सवारीसाधन, चारपांग्रे निजी सवारीसाधन र होण्डा पावर प्रडक्ट बिक्री गर्दै आएको छ। ज्योती ग्रुपअन्तर्गत सौरभ ज्योती अध्यक्ष र सुहृद ज्योती प्रबन्ध निर्देशक रहेका छन्। कम्पनीका हाल देशभर १६ वटा शोरुम र ११ वटा डिलर छन्। 

यो कम्पनीको रेटिङ सन् २०२० र २०२१ को अन्त्यमा ९ अर्ब ९ करोड गरिएको छ। 

त्यस्तै, किया र इसुजु सवारीसाधनको नेपालका लागि आधिकारिक विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले सन् २०२१ मा १० अर्ब ९६ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी कमाएको छ। यो सन् २०२० को तुलनामा १२४ प्रतिशतले बढी हो। यो आम्दानी वृद्धिदर अन्य कम्पनीहरुको तुलनामा अधिकतम हो। यसले सन् २०२० मा ४ अर्ब ८९ करोड रुपैयाँको मात्रै कारोबार गरेको थियो। त्यसो त उक्त वर्ष यसको आम्दानी ५ प्रतिशतले घटेको हो। सन् २०१९ मा यो कम्पनीले ५ अर्ब १७ करोड ६० लाख आम्दानी गरेको थियो। 

कम्पनीले सन् २०२२ को ६ महिनाको अवधिमा मात्रै पनि ६ अर्ब ६ करोड ६० लाखको कारोबार गरेको छ। काठमाडौंमा रहेका दुईसहित १४ वटा डिलर रहेको यस कम्पनीले किया र इसुजुका सवारीसाधनसँगै निर्माण क्षेत्रको कोमात्सु, ओकाडा र ओटिस ब्रान्डका निर्माण उपकरण विक्री गर्दै आएको छ। यो कम्पनी सन् १९९५ मा स्थापना भएको थियो। 

यो कम्पनीको सन् २०२१ मा ४ अर्ब ७५ करोड रेटिङ गरिएको छ। 

प्रकाशित: Sep 12, 2022| 14:42 सोमबार, भदौ २७, २०७९
प्रतिक्रिया दिनुहोस्