बुधबार, मंसिर १२, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

युक्रेन युद्धका २०० दिन : आक्रमण र प्रतिरोध जारी

युक्रेनको आणविक ऊर्जा निकायले रूसको नियन्त्रणमा रहेको युरोपको सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्र र द्वन्द्वको केन्द्रबिन्दु जापोरिजिया प्लान्टमा रहेको अन्तिम रिएक्टर पूर्ण रूपमा बन्द गरिएको जनाएको छ।
 |  सोमबार, भदौ २७, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २७, २०७९

किभ- मस्कोले कीभको व्यापक प्रत्याक्रमणपछि युक्रेनको पूर्वी क्षेत्रबाट पछि हट्ने घोषणा गरिरहेका समय युक्रेनले भन आफ्नो सेनाले देशको पूर्वी क्षेत्रमा रणनीतिक नियन्त्रणबाट रुसी सेनालाई पछाडि धकेल्ने आइतबार बताएको छ। 

triton college

युक्रेनको आणविक ऊर्जा निकायले रूसको नियन्त्रणमा रहेको युरोपको सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्र र द्वन्द्वको केन्द्रबिन्दु जापोरिजिया प्लान्टमा रहेको अन्तिम रिएक्टर पूर्ण रूपमा बन्द गरिएको जनाएको छ।  

रूसको आक्रमणविरुद्ध युक्रेनको लडाईंको गतिले मस्कोको सेनालाई सतर्क बनाएको छ, जसले रूसले महिनौं अघिदेखि नियन्त्रण गरेको क्षेत्र युक्रेनको पक्षमा ल्याएको छ। 

युक्रेनी सेनाले पोस्ट गरेको तस्वीरमा रूसी सेनाले छोडेको क्षेत्रमा फ्याँकिएका हतियार र परित्यक्त सैन्य सामानका बाकसहरू छरिएको देखिएको छ। 

'खार्किभ क्षेत्रको कुपियान्स्क र इज्युम जिल्लाका बस्तीहरू मुक्त गर्ने कार्य जारी छ,' युक्रेनी सेनाले रूसको आक्रमणको २०० दिनपछि आइतबार युद्धबारे गरेको जानकारीमा भनेको छ। 

Metro Mart
vianet

यी प्रमुख आपूर्ति र बन्दोबस्तीका केन्द्रहरू हुन्। यिनीहरू यूक्रेनको पूर्वमा रूसले आफ्नो अग्रपङ्तीको स्थितिहरूलाई पुनः एकिकृत गर्न महत्वपूर्ण छन्। युक्रेनले उनीहरूलाई कब्जा गर्नु खार्किभमा मस्कोको सैन्य महत्वाकाङ्क्षामा गम्भीर आघात पुग्ने सैन्य पर्यवेक्षकहरूले बताएका छन्।  

‘हतियार, हतियार, हतियार’ 

युक्रेनी सेनाका प्रमुखले यस महिनाको सुरुमा आक्रमण सुरु भएयता रूसबाट तीन हजार वर्ग किलोमिटर (१,१५८ वर्ग माइल) क्षेत्र कब्जा गरिएको आइतबार बिहान घोषणा गरेका थिए। यो सङ्ख्या राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शनिबार अबेर घोषणा गरेको कुल क्षेत्रफलभन्दा करिब एक तिहाइ बढी हो। आइतबार उनले  खार्किभ र इज्युमको बीचमा रहेको करिब चार हजार जनसङ्ख्या रहेको एउटा गाउँलाई युक्रेनी सेनाले कब्जामा लिएको घोषणा गरेका थिए।

'महान युक्रेनी झण्डा चकालोभ्स्केमा फिर्ता गरिएको छ र यो जताततै यस्तै हुनेछ। हामी प्रत्येक युक्रेनी शहर र गाउँबाट कब्जा गर्नेहरूलाई बाहिर निकाल्नेछौं,' उहाँले भिडियो सम्बोधनमा भने। युक्रेनी अधिकारीहरूले यस हप्ताको अन्त्यमा प्रत्याक्रमणको ‘आश्चर्यजनक’ गतिको प्रशंसा गरेका छन् र आइतबार, देशको विदेश मन्त्रीले पश्चिमी सहयोगीहरूलाई परिष्कृत हतियारहरूको थप भण्डारको लागि अपील गर्न यो गतिको प्रयोग गरेका देखिन्छ। 

'हतियार, हातहतियार, हातहतियार वसन्त ऋतुदेखि नै हाम्रो एजेन्डामा रहेका छन्। युक्रेनको युद्धभूमिको सफलता हाम्रो साझा सफलता हो,' दिमित्रो कुलेबाले भने।  'म साझेदारहरूप्रति आभारी छु जसले हाम्रो आग्रहप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्। 

उनले सामाजिक सञ्जालमा लेख्नुभएको छ, 'हतियारको तत्काल आपूर्तिले विजय र शान्तिलाई नजिक ल्याउनेछ।' युक्रेनको जितप्रति मस्कोको प्रतिक्रिया मौन रहेको छ, तर आइतबार बेल्गोरोडको सीमा क्षेत्रका एक अधिकारीले ‘हजारौं’ मानिसहरू सीमा पार गरेर खार्किभ क्षेत्र र रुसतर्फ भागेको बताएका छन्। 

एक हजारभन्दा बढी मानिसलाई अस्थायी आश्रयस्थलमा राखिएको अधिकारी व्याचेस्लाभ ग्ल्याडकोभले जानकारी दिए। यसैबीच रुसी सेनाले शनिबार आश्चर्यजनक घोषणा गर्दै खार्किभदेखि दक्षिणमा रहेको डोनेट्स्क क्षेत्रमा आफ्नो सैन्य प्रयास केन्द्रित गर्न आफ्ना सेनालाई ‘पुनः संगठित’ गर्ने घोषणा गरेको छ। 

तर मस्कोले पनि वास्तवमा खार्किभतर्फ सुदृढ आक्रमण केन्द्रित गरिरहेको भन्ने घोषणाको केही समयपछि युक्रेनको यो भनाइ आएको हो।  युक्रेनी सेनाले पुनः कब्जामा लिएको भनिएको शहरमध्येको एक बालाकलिया वरपर भीषण युद्धका प्रमाणहरू देखिएका छन्। त्यहाँ भवनहरू ध्वस्त वा क्षतिग्रस्त भएका थिए र सडकहरू मुख्यतया सुनसान थिए। 

‘यो भयाबह दृष्य थियो’ 

महिनौंपछि पहिलो पटक साइकल चलाउन बाहिर निस्केकी युक्रेनी ५२ वर्षीया इरिना स्टेपानेन्कोले आफू तीन महिनासम्म आफ्नो भुईंतल्लामा लुकेको बताए। 'त्यहाँ गोलाबारी हुने धेरै डर थियो। यो डरलाग्दो थियो, 'उहाँले रूसी अधिग्रहण र युक्रेनले शहरलाई पुनः कब्जा गर्ने प्रयासको सम्झना गर्नुभयो। आक्रमण अघि बालाकलियामा लगभग २७ हजार मानिसहरू बस्थे।' 

उनले किभको सेनाले शहरलाई पुनः कब्जा गरेको देखेर आफूलाई राहत मिलेको तर भविष्यको बारेमा अझै चिन्तित रहेको बताए। 'मलाई चिन्ता छ। रूसीहरू फर्कन सक्छन्। गोलाबारी फेरि सुरु हुन्छ कि भन्ने अझै मलाई चिन्ता छ।' 

युक्रेनी प्रत्याक्रमणका बावजुद रुसी सेनाले अग्रपङ्तीमा र डोनेट्स्क क्षेत्रमा निरन्तर बमबारी जारी राखेको र गोलाबारीमा १० जनाको मृत्यु हुनुका साथै अन्य १९ जना घाइते भएको अधिकारीहरूले बताएका छन्।

यसैबीच, जापोरिजझिया आणविक ऊर्जा केन्द्र र त्यसको वरपर जारी द्वन्द्वका कारण सन्  १९८६ मा उत्तरी युक्रेनमा भएको चेर्नोबिल दुर्घटनाजस्तै अर्को आणविक घटनाको आशङ्का बढेको छ। युक्रेनको सरकारी आणविक निकायले आइतबार प्लान्टको छैटौं र अन्तिम रिएक्टर बन्द गरिएसँगै प्लान्ट पूर्णरूपमा बन्द भएको जनाएको छ। 

एनरगोएटम नामक आणविक केन्द्रको छैटौं रिएक्टरले तीन दिनदेखि प्लान्टका लागि नै ऊर्जा उत्पादन गरिरहेको र बाह्य ऊर्जा प्लान्टमा पुनःस्थापित भएपछि यसको सञ्चालन रोक्ने निर्णय भएको जनाएको हो। तथापि, केन्द्रले सुविधाको सुरक्षा सुनिश्चित गर्ने एक मात्र तरिका यसको वरिपरि एक असैन्यीकृत क्षेत्र सिर्जना गर्नु हो। 

सुविधाको सुरक्षा सुनिश्चित गर्ने एक मात्र तरिका यसको वरिपरि एक असैन्यीकृत क्षेत्र सिर्जना गर्नु नै रहेको केन्द्रका अधिकारीले बताएका छन्।  

प्रकाशित: Sep 12, 2022| 05:30 सोमबार, भदौ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।