सोमबार, असार १, २०८३

माओवादीबाट दाङ २ बाट उपाध्यक्ष महरासहित तीन जनाको नाम सिफारिस

माओवादी केन्द्रका उपाध्यक्ष महरा, पार्टीका स्थायी कमिटी सदस्य रेखा शर्मा र पोलिटब्यूरो सदस्य निर्मल आचार्यको नाम सिफारिस गरिएको माओवादी केन्द्रका नेता शेसुराम भण्डारीले जानकारी दिए।
 |  आइतबार, भदौ २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २६, २०७९

काठमाडौं- नेकपा माओवादी केन्द्र क्षेत्र नं २ दाङले प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासहित तीनजनाको नाम सिफारिस गरेको छ।

National life

माओवादी केन्द्रका उपाध्यक्ष महरा, पार्टीका स्थायी कमिटी सदस्य रेखा शर्मा र पोलिटब्यूरो सदस्य निर्मल आचार्यको नाम सिफारिस गरिएको माओवादी केन्द्रका नेता शेसुराम भण्डारीले जानकारी दिए।

महरा २०७४ सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी भएका हुन् भने शर्मा समानुपातिक सांसद छन्। त्यस्तै आचार्य २०७० सालको निर्वाचनमा क्षेत्र नं २  बाट उम्मेदवार भए पनि पराजित भएका थिए। 

यस क्षेत्रबाट नेकपा (एमाले) ले पार्टी महासचिव शंकर पोखरेललाई एकल उम्मेदवारका पमा सिफारिस गरेको छ भने नेपाली कांग्रेसले राजु खनाल, घनश्याम रेग्मी, किरण किशोर घिमिरे र भरतबहादुर न्यौपानेको नाम सिफारिस गरेको छ।

प्रकाशित: Sep 11, 2022| 22:21 आइतबार, भदौ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...