वीरगञ्ज-प्रोबायोटेक इण्डष्ट्रिजले गुणस्तर तथा नापतौल विभागको प्रतिवेदन माग्दै स्थानीय प्रशासनमा निवेदन दिएको छ।
विभागको प्रयोगशाला परिक्षणको क्रममा तोरी र भटमासको खानेतेल नमूनामा कैफियत देखिएको दाबी विभागले गरेपनि अझैसम्म उद्योगले प्रतिवेदन पाएको छैन ।
११ भदौमा दर्ता गराइएको निवेदनमा खानेतेलको गुणस्तर परिक्षण खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा गराइ पाउन उद्योग व्यवस्थापनले माग गरेको छ।
खाद्य ऐन अन्तर्गत दर्ता तथा उत्पादन र नियमित परिक्षण हुँदै आएकोले खाद्य विभागबाटै परिक्षण र नियमन हुनुपर्ने माग उद्योगको छ।
गुणस्तरको प्रतिवेदन गोप्य राखेर उद्योग मन्त्रालयले ७ भदौमा उद्योगमा शिलबन्दी गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४