जिल्ला समन्वय समितिमा निर्वाचितपछि सामूहिक तस्विरको घेराभित्र गरिमा शाही।
जाजरकोट-जाजरकोटमा एक जनप्रतिनिधिले राजीनाम दिएर शिक्षक बनेकी छन । जुनिदाँदे गाउँपालिका वडा नं. ६ की वडा सदस्य गरिमा शाहीले राजीनामा दिएर शिक्षिका बनेकी हुन् ।
उनी वडा सदस्यबाट राजनीनामा दिएर छेडागाड नगरपालिका वडा नम्बर ७ को भानुभक्त आधारभुत विद्यालयको शिक्षक बनेकी हुन् । बिहीबार जिल्ला समन्वय समितिबाट राजिनामा बुझाएर जिल्ला शिक्षा समन्वय इकाइले लिएको परीक्षाबाट उत्तिर्ण भएर शिक्षक बनेकी हुन् ।
शाही कक्षा ६ देखि ८ सम्मको गणित विषयको शिक्षण सिकाई अनुदान दरबन्दीमा शिक्षक बनेकी जिल्ला शिक्षा समन्वय इकाई जाजरकोटका प्रमुख सुधिनराज बुढाथोकीले जानकारी दिए । बुढाथोकीका अनुसार शाहीले पदबाट राजिनाम दिएर परीक्षामा उत्तिर्ण भएपछि शिक्षक पदमा नियुक्त गरिएको हो ।
गत स्थानीय तहको चुनावमा जुनिचाँदे गाउँपालिका वडा नम्बर ६ की वडा सदस्यमा निर्वाचित शाही तत्कालिन माओवादी केन्द्रबाट वडा सदस्य भई जिल्ला समन्वय समितिको सदस्य समेत निर्वाचित भएकी थिइन् ।
नियुक्त सम्बन्धी विद्यालयले प्रकाशन गरेको नतिजा।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४