शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • श्रीलंकाका राष्ट्रपति लुम्बिनीमा : हतियारसहित हिँड्ने पक्राउ

श्रीलंकाका राष्ट्रपति लुम्बिनीमा : हतियारसहित हिँड्ने पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
लुम्बिनी- श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना शनिबार बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आएका छन् । उनले  लुम्बिनीस्थित मायादेवी मन्दिरमा पुजाआजा गर्नुका साथै श्रीलंकन विहारमा पनि पूजा गरेका छन् । 

श्रीलंकाका राष्ट्रपति सिरिसेनालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारी, ५ नम्बर प्रदेश प्रमुख उमाकान्त झा, प्रदेश सरकारका उद्योग बाणिज्य, पर्यटन तथा वातवरण मन्त्री लिला गिरी, विकास कोषका पदाधिकारी उपाध्यक्ष भिक्षु मेतेया, भिक्षु मैत्रैय, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरसहितले स्वागत गरेका थिए । 

उनी काठमाडौंबाट विहान बुद्ध एअर मार्फत भैरहवा स्थित गौतमबुद्ध विमानस्थलमा अवतरण गरेका थिए । भैरहवा विमानस्थलमा अवतरण गरे लगत्तै गाडी मार्फत लुम्बिनी पुगेका उनलाई रुपन्देहीमा उच्च सुरक्षा दिईएको छ । राष्ट्रपति सिरिसेनाको सुरक्षाकोलागी रुपन्देहीमा विहान केही बेर सार्वजनिक सवारीको आवगमनलाई समेत रोक लगाईएको थियो । 

हतियारसहित हिँड्ने पक्राउ

श्रीलंकाका राष्ट्रपतिको भ्रमणलाई उच्च प्राथमिकतामा राखेर सरकारले चार तहको सुरक्षा व्यवस्था गरेको छ। यद्यपी प्रहरीले शुक्रबार राति लुम्बिनीस्थित लोखडिया चौंकबाट चेकजाचको क्रममा २ जनालाई पेस्तोलसहित पक्राउ गरेको तथ्य भर्खरै बाहिर आएको छ । 

पेस्तोल सहित पक्राउ पर्नेमा शुद्धोधन गाउपालिका वडा नम्बर ५ का २० वर्षका राजेन्द्र लोध, रुपन्देही गैडहवा गाउपालिका वाड नम्बर १ का २० वर्षका सुनिलकुमार यादव छन् । उनीहरुको साथबाट पेस्तोल र चक्कु बरामद भएको छ ।
 
पेस्तोलधारीले प्रयोग गरेको लु ३९ प २९१९ नम्बरको मोटर साईकल समेत प्रहरी नियन्त्रणमा लिएको जनाएको छ । उनीहरुलाई इलका प्रहरी कार्यलय लुम्बिनीमा राखिएको छ । उक्त मोटर साइकलमा ४ जना सवार रहेको थिए । अन्य २ जना भने फरार रहेका छन् । हतियार सहित मान्छेहरु पक्राउ परेको सम्बन्धमा रुपन्देहीका प्रहरी प्रमुख एसपी हृदय थापाले भने ‘उनीहरु चोरीकोलागी हिडेको प्रारम्भिक अनुसन्धान देखिन्छ । भिभिआइपीको बारेमा उनीहरुलाई जानकारी समेत छैन । हाम्रो सुरक्षा चेकजाचको क्रममा घरेलु हतियार सहित पक्राउ गरिएको हो । उनीहरुलाई कानुन अनुसार कारबाहि हुन्छ ।’

श्रीलंकन राष्ट्रपतिले लुम्बिनी भ्रमण गर्ने कार्यक्रमको पुर्व सन्ध्यामा गएराति उनीहरु हतियार सहित कपिलवस्तुबाट लुम्बिनी तर्फ आइरहेको बेला प्रहरी चेकजाचको क्रममा पक्राउ परेका हुन् । श्रीलंकन भिभिआइपीलाई शसस्त्र विद्रोही समुह लिबरेशन अफ तलिम टाइगर लिट्टे समुहको कारण विश्वभरी नै खतरा रहेको सुरक्षावीदहरुको निश्कर्ष पनि छ । तथापी नेपालमा उक्त समुहको अहिले सम्म कुनै गतिविधी देखिदैंन । एसपी थापाको अनुसार लुम्बिनीमा भिभिआइपीकोलागी उच्च सुरक्षा व्यवस्था पारिएको छ । 

लुम्बिनीमा संसारका जुनसुकै भिभिआइपीहरुलाई स्वतन्त्रतापुर्वक आउनेजानेगरी जत्तिबेला पनि सुरक्षा दिनेगरी सुरक्षा व्यवस्था गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले जनाए । 

यसअघि म्यानमारका राष्ट्रपति मिन्टले लुम्बिनीको भ्रमण गरि स्वदेश फर्किसकेका छन् । दुबै  देशका राष्ट्रप्रमुखहरुको राजकिय भ्रमणले लुम्बिनीको पर्यटनमा महत्वपुर्ण भूमिका खेलेको लुम्बिनी विकास कोषका उपाध्यक्ष अबधेश त्रिपाटी (भिक्षु मेत्तैया) ले बताए । उनले भने ‘उहाहरुको राजकिय भ्रमणले लुम्बिनीको गरिमा झनै बढाएको छ ।’

लुम्बिनी आउनेमा सबैभन्दा धेरै श्रीलंकन पर्यटक

गत वर्षको तथ्यांकलाई हेर्ने हो भने लुम्बिनी भ्रमण गर्ने सबैभन्दा धेरै पर्यटकमा श्रीलंकन रहेका छन् । सन् २०१७ मा ४८ हजार ५ सय २८ जना श्रीलंकनले लुम्बिनीको भ्रमण गरेका थिए । श्रीलंकन पछि थाइल्यान्डका २७ हजार ६ सय ३ जनाले लुम्बिनी भ्रमण गरेको देखिन्छ । 

यसैगरी म्यानमारका २१ ह्जार ५ सय ३१ जनाले लुम्बिनीको भ्रमण गरेका थिए । म्यानमर (बमा) का पर्यटकहरु लुम्बिनी भ्रमणमा आउनेमा संख्यात्मक हिसाबले तेस्रो स्थानमा देखिएका छन् । म्यानमार पछि चाइनिजहरु धेरै लुम्बिनी आएको देखिन्छ । गत वर्ष १५ हजार ७ सय ७० जना चाइनिजले लुम्बिनीको भ्रमण गरेको तथ्यांक लुम्बिनी विकास कोषका योजना प्रमुख इन्जिनियर सरोज भट्टराईले दिएका छन् । 

विभिन्न देशका राष्ट्रप्रमुख तथा अन्य भिभिआइपी र  सर्वसाधरण जनताले लुम्बिनी भ्रमण गर्नुमा अधिकांश मनोरन्जनको उद्धेश्यकोलागी आउने गरेका छन् । तर राष्ट्रपतिद्धय मिन्ट र सिरिसेना भने आध्यामिक उद्धेश्यले लुम्बिनी आएका हुन् । लुम्बिनी आउने विदेशी पर्यटकमा आध्यात्मिक पर्यटक धेरै भएको देखिएको छ ।


लुम्बिनीमा श्रीलंकन सरकारले बनाएको श्रीलंकन गेस्ट हाउस र श्रीलंकन विहार छ  ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।