शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राख्यो

सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राख्यो

अध्यागमन विभागले क्रिकेटर सन्दीप लामिछानेलाई कालोसूचीमा राखेको छ। उनीविरुद्ध जबर्जस्ती करणीमा उजुरी परेपछि प्रहरीले कालोसूचीमा राख्न विभागलाई पत्राचार गरेको हो।
 |  आइतबार, भदौ २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २६, २०७९

काठमाडौं– अध्यागमन विभागले क्रिकेटर सन्दीप लामिछानेलाई कालोसूचीमा राखेको छ। उनीविरुद्ध जबर्जस्ती करणीमा उजुरी परेपछि प्रहरीले कालोसूचीमा राख्न विभागलाई पत्राचार गरेको हो। 

National life

पत्राचारपछि विभागले उनलाई कालोसूचीमा राखेको हो। सन्दीपले भदौ ५ र ६ गते राति गौशालास्थित एक होटलमा आफूमाथि जबर्जस्ती करण गरेको भन्दै १७ वर्षीय नाबालिगले भदौ २१ मा गौशाला प्रहरी वृत्तमा उजुरी दिएकी थिइन्। उक्त उजुरीपछि प्रहरीले घटनाबारे प्रमाण संकलन र पीडित पक्षको बयान लिएको छ। 

सन्दीप भदौ ६ गते केन्यामा हुने टी–ट्वान्टी खेल खेल्न केन्या पुगेका थिए। त्यहाँबाट क्यारेबियन प्रिमियर लिग खेल्न उनी उत्तर अमेरिकी देश सेन्ट लुसियामा छन्। 

प्रहरीले जिल्ला अदालत काठमाडौंबाट सन्दीपलाई पक्राउ गर्नका लागि गत बिहीबार पक्राउ पुर्जी लिएको छ। नेपाल फर्किनबित्तिकै उनलाई पक्राउ गर्ने तयारी प्रहरीको छ।

सन्दीपले शुक्रबार सामाजिक सञ्जालमार्फत आफू निर्दोष भएको र अनुसन्धानलाई सहयोग गर्न नेपाल फर्किने जानकारी गराएका छन्। सन्दीप निकट स्रोतका अनुसार उनी आइतबार नै नेपाल फर्किने तयारीमा छन्। तर ३ देखि ४ वटासम्म ट्रान्जिट पर्ने भएकाले उनी सोमबार राति वा मंगलबारसम्ममा मात्र नेपाल पुग्नेछन्।

प्रहरीको फरार सूचीमा रहेका उनलाई आउनासाथ पक्राउ गर्ने गरी कालोसूचीमा राखिएको हो। उनी जुनसुकै स्थानबाट नेपाल फर्किन सक्ने भन्दै जिल्लामा पनि पत्राचार गरिसकेको काठमाडौं प्रहरी परिसरका एसएसपी भरत बोहराले बताए।

सन्दीप नेपाल नफर्किए इन्टरपोलमार्फत पक्राउ गरी नेपाल ल्याउने तयारी प्रहरीको छ। 

प्रकाशित: Sep 11, 2022| 14:02 आइतबार, भदौ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।