शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संस्थागत विद्यालय शिक्षक युनियनको अध्यक्षमा भूपाल उप्रेती चयन

संस्थागत विद्यालय शिक्षक युनियनको अध्यक्षमा भूपाल उप्रेती चयन

अधिवेशनले उप्रेतीको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ।
 |  आइतबार, भदौ २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २६, २०७९

काठमाडौं- संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)को शनिबार सम्पन्न पाँचौ काठमाडौं जिल्ला अधिवेशनले भूपाल उप्रेतीलाई अध्यक्षमा चएन गरेको छ। अधिवेशनले उप्रेतीको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्यसमिति  चयन गरेको छ। 

National life

संगठनका राष्ट्रिय  समिति अध्यक्ष होमकुमार थापाको प्रमुख अतिथ्यता तथा प्रमुख संरक्षक मुकुन्द गौतम, वरिष्ठ उपाध्यक्ष तथा संगठन विभाग भाग प्रमुख देवीदत्त पौडेल, उपाध्यक्ष तथा उपत्यका प्रदेश इन्चार्ज नारायण पौडेल, उपाध्यक्ष सुधिर झा, सचिव राम थुलुङ , सचिव कुस्मिता तिवरी लगायत राष्ट्रिय समिति सदस्यहरूको उपस्थितिमा मिड भ्याली कलेज, ज्ञानेश्वर काठमाडौंमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा ओमनाथ कडरिया, महिला उपाध्यक्षमा रेनुका श्रेष्ठ सचिवमा कृष्ण प्रसाद गौतम सह सचिव हेमन्त उपाध्याय कोषाध्यक्षमा सरोज श्रेष्ठ सहित १९सदस्यीय समिति चयन गरेको छ।

कार्यक्रममा बोल्दै राष्ट्रिय समिती अध्यक्ष होम कुमार थापाले युनियनको इतिहास पल्टाउदै संगठनको आवश्यकता हिजो ,आज र भोलि पनि उत्तिकै रहेकोमा सबैले एकजुट भएर समय निकाल्दै युनियनको सबलीकरणमा सक्रिय र सचेत भएर लाग्नुपर्ने कुरा बताए। उनले शिक्षक साथीहरूले युनियनको महत्त्वलाई नबुझेकोमा दु:ख लागेको बताउदै युनियनको महत्त्व बुझेर युनियनना लाग्नुपर्ने कुरामा जोड दिए। 

त्यस्तै प्रमुख संरक्षकले बढीभन्दा शिक्षक तथा कर्मचारी साथीहरूलाई आबद्ध गराई संगठन विस्तारमा सक्रिय हुनुपर्ने कुरा बताएका छन्। राष्ट्रिय समिति वरिष्ठ उपाध्यक्ष तथा संगठन विभाग प्रमुख देवीदत्त पौडेलले केन्द्र देखि जिल्ला र एकाइसम्म नै ठोस योजना सहित संगठन विस्तारमा लाग्नुपर्नेमा जोड  दिए। नवनिर्वाचित अध्यक्ष भूपाल उप्रेतीले सङ्गठन विस्तार ,आर्थिक योजना र युनियनप्रतिको आकर्षण बढाउने कार्यक्रमसहित अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित: Sep 11, 2022| 10:38 आइतबार, भदौ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।