वुटवल- बेपत्ता बुटवलका तीन जना बालक भारतको मुम्बईमा बेहोस अवस्थामा फेला परेका छन्।
शुक्रबार विद्यालय जान भनेर घरबाट हिँडेका उनीहरू शनिबार राति २ बजे मुम्बईको केरला स्टेसनमा भेटिएको र उनीहरु बेहोसीजस्तै अवस्थामा रहेको आफन्तले बताएका छन।
हराएका बालक विपिन लम्सालले बाबुहरुलाई त्यो स्टेशनमा रहेको खबर गरेपछि शनिबार राती २ बजे खबर आएको हराएकामध्ये सागर पौडेलका मामा राजु पन्थीले बताए। उनले प्रहरीको पत्र बनाएर लिन हिडेको बताए।
बुटवल उपमहानगरपालिका वडा नं ११ दुर्गानगरका १५ वर्षीय सागर पौडेल, १५ वर्षकै समीर लम्साल र १४ वर्षका प्रदीप पन्थी शुक्रबार नवीन औद्योगिक मावि कक्षा ९ मा पढ्ने दुई जना र नहरपुर मावि कक्षा ८ मा पढ्ने एक जनासँग विद्यालय जान भनी सँगै घरबाट निस्केका थिए।तर, विद्यालयमा उनीहरू अनुपस्थित भएपछि परिवारजनले खोजी गरेका थिए।
बालकहरूले भने आफूहरू कसरी भारत आइपुगेको भन्ने केही थाहा नभएको अभिभावकलाई बताएका छन्।हराएका समीर लम्सालका बुबाले दिएको जानकारी अनुसार उनीहरुसँग केही झोलाहरु पनि भेटिएको छैन तर एकजनाको खल्तीमा १५ हजार रकम भेटिएको तर त्यो रकम कसले दियो भन्नेबारे वालकहरू अनविज्ञ छन।
समीर लम्सालका बुवाले सागर पौडेलका मामा राजुलाई दिएको जानकारी अनुसार उनीहरु ठूलो गिरोहबाट नै अपहरण भएको हुनसक्ने भएकाले प्रहरीको बसेको र यसको वास्तविक कारण पत्ता लगाउन नेपालको प्रहरीको साथ आवश्यक भएको बताएका छन्।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले अभिभावकले विद्यार्थी भेटिएको जानकारी दिएकाले नेपाल ल्याउने प्रक्रिया सुरू गरिएको बताए। उनले घटनाबारे अनुसन्धान थालिएको समेत बताए।