शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सन्दीप लामिछाने आज स्वदेश फर्किंदै, विमानस्थलमा प्रहरीको निगरानी

सन्दीप लामिछाने आज स्वदेश फर्किंदै, विमानस्थलमा प्रहरीको निगरानी

आफूमाथि आरोप लागेपछि अनुसन्धानलाई सहयोग गर्न भन्दै उनी नेपाल आउन लागेका हुन्।
 |  आइतबार, भदौ २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २६, २०७९

काठमाडौं- जबर्जस्ती करणी आरोप लगेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने आज नेपाल फर्किंदै छन्। आफूमाथि आरोप लागेपछि अनुसन्धानलाई सहयोग गर्न उनी नेपाल आउन लागेका हुन्।

National life

उनीविरुद्ध गत भदौ २१ गते एक नाबालिग किशोरीले जबर्जस्ती करणी आरोप लगाउँदै गौशाला प्रहरी वृत्तमा उजुरी दिएकी थिइन्। उजुरीअनुसार फ्यान रहेकी ती युवतीलाई सन्दीपले कफी पिउन बोलाइ नगरकोट पुर्‍याएर थिए। नगरकोटमै सन्दीपले बास बस्नका लागि कोठा पनि बुक गरेका थिए। तर ती किशोरीले बस्न नमानेपछि बाध्य भएर उनी किशोरीलाई लिएर काठमाडौं फर्किसकेका थिए। तर होस्टल बन्द भइसकेकाले होटलमै बस्नुपर्ने भएपछि गौशालास्थित एक होटलमा पुर्‍याएर आफूमाथि सन्दीपले जबर्जस्ती करणी गरेको ती किशोरीले उजुरीमा उल्लेख गरेकी छन्।

उक्त उजुरीपछि प्रहरीले जिल्ला अदालत काठमाडौंबाट गत बिहीबार पक्राउ पूर्जीसमेत लिइसकेको छ। पक्राउ पूर्जी लिई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलसहित सबै नाकामा प्रहरीले पक्राउ आदेश पठाएको छ।

सन्दीप फर्किएलगत्तै उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गर्ने तयारी गरेको छ।

यद्यपि सन्दीप फर्किनेबारे आफूहरुलाई केही जानकारी नभएको प्रहरीले बताएको छ। तर पक्राउ पूर्जी जारी भइसकेकाले जहाँ भेट्यो त्यहींबाट पक्राउ गर्ने प्रहरीले जनाएको छ। साथै एयरपोर्टमा निगरानि पनि राखिएको एसएसपी भरत बोहोराले बाताएका छन्। ‘हामीलाई सन्दीप नेपाल आउनेबारे जानकारी छैन। पक्राउ पूर्जी जारी भइसकेको छ। जहाँ भेट्यो त्यहींबाट पक्राउ गर्छौं।  एयरपोर्टमा निगरानी बढाएका छौं,’ उनले भने।

प्रकाशित: Sep 11, 2022| 09:22 आइतबार, भदौ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।