शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दार्चुला बाढीपहिरो अपडेट : थुनिएको महाकाली नदीमा पानी बग्न थाल्यो

दार्चुला बाढीपहिरो अपडेट : थुनिएको महाकाली नदीमा पानी बग्न थाल्यो

दार्चुलामा बाढीपहिरोपछि थुनिएको महाकाली नदीमा पानी बग्न थालेको छ। शुक्रबार राति भएको भारी वर्षासँगै आएको बाढीपहिरोका कारण महाकाली नदी थुनिएर ताल बनेको थियो।
 |  आइतबार, भदौ २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २६, २०७९

काठमाडौं- दार्चुलामा बाढीपहिरोपछि थुनिएको महाकाली नदीमा पानी बग्न थालेको छ। शुक्रबार राति भएको भारी वर्षासँगै आएको बाढीपहिरोका कारण महाकाली नदी थुनिएर ताल बनेको थियो।

National life

शनिबार बेलुकादेखि पानी आफैँ बग्न थालेको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदले बताइन्। दुहुँ र महाकाली नगरपालिका जोड्ने पक्की पुल बाढीले बगाएको छ। 

महाकालीका ४० भन्दा धेरै घर जोखिममा परेका छन्। त्यस्तै लास्कु खोलामा आएको बाढीबाट एउटा झोलुङ्गे पुल बगेको छ।

दुहुँ र व्यास क्षेत्रबाट सदरमुकाम खलङ्गा आउने–जाने बाटो बन्द भएको छ। बाढी/पहिरोमा परी पाँच जनाले ज्यान गुमाएका छन्। बेपत्ता भएका १० जनाको अवस्था अझै थाहा हुन सकेको छैन। उनीहरूको खोजी भइरहेको छ।

घटनामा घाइते भएका ८ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी साउदले बताइन्। 

महाकाली–३ मा रहेको दशरथ आधारभूत विद्यालयसमेत बगाएको छ। बाढीले महाकाली–३ मा रहेको डुङ्ग्री विद्युत् पावर हाउसमा पनि पूर्णरुपले क्षति पुर्‍याएको छ। सदरमुकाम खलङ्गामा खानेपानीको अभाव भएको छ।

बाढी/पहिरो प्रभावित क्षेत्रमा राहत सामग्री बोकेर सेनाको हेलिकप्टर गएको छ। उद्योग तथा वाणिज्यमन्त्री दीलेन्द्रप्रसाद बडू, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावल, सुदूरपश्चिम प्रदेशका वन वातावरण उद्योग तथा पर्यटनमन्त्री मानबहादुर धामीसहितको टोली पनि सदरमुकाम खलङ्गा पुगेको छ।

प्रकाशित: Sep 11, 2022| 08:37 आइतबार, भदौ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।