शनिबार, चैत २१, २०८२

म्यादी प्रहरीले कति पाउँछन् ४० दिनमा तलब?

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलेको छ। नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले एक सूचना जारी गर्दै १ लाख १५ हजार म्यादी प्रहरीका लागि भर्ना खुलाएको हो।
 |  आइतबार, भदौ २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २६, २०७९

काठमाडौं- आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलेको छ। नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले एक सूचना जारी गर्दै १ लाख १५ हजार म्यादी प्रहरीका लागि भर्ना खुलाएको हो। 

National life

‘म्यादी प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड, २०७९’ अनुसार स्वयं उपस्थित भई आवेदन दिनका लागि अनुरोध गरिएको छ। 

म्यादी प्रहरीको कार्य अवधि ४० दिनको हुने छ। म्यादी प्रहरीका लागि प्रतिदिन ८ सय ६९ रुपैयाँको दरले ४० दिन सम्मका लागि निजको व्यक्तिगत बैंक खातामा रकम जम्मा गरी दिने गरी जम्मा पारिश्रमिक ३४ हजार ७६० रुपैयाँ प्राप्त हुनेछ। 

त्यस्तै, खाद्यान्न बापत ७ हजार २ सय हुने र हिमाली जिल्लामा खटिने म्यादी प्रहरीको हकमा जिल्लाको न्यूनतम राशन दररेट अनुसारको रकम पाउने जनाइएको छ। 

त्यस्तै, पोशाक तथा अन्य सामान खरिदका लागि प्रतिव्यक्ति ६ हजार उपलब्ध हुनेछ। हिमाली जिल्लामा खटिने म्यादी प्रहरीहरुलाई ज्याकेट खरिदका लागि थप १ हजार उपलब्ध हुनेछ। 

kumari

निर्वाचनका क्रममा खटिने म्यादी प्रहरीलाई खटिएको ठाउँमा आउने र जाने तयारी स्वरुप प्रति म्यादी प्रहरी १ हजारका दरले तयारी खर्च उपलब्ध हुनेछ भने ३ सयका दरले ४ दिनका लागि खाजा खर्च उपलब्ध हुनेछ।

प्रकाशित: Sep 11, 2022| 08:05 आइतबार, भदौ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।