शुक्रबार, जेठ १, २०८३

बुटवलमा विद्यालय हिँडेका तीन बालक बेपत्ता

बुटवलमा विद्यालय जान भनेर घरबाट हिँडेका तीन बालक बेपत्ता भएका छन्।
 |  आइतबार, भदौ २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २६, २०७९

काठमाडौं- बुटवलमा विद्यालय जान भनेर घरबाट हिँडेका तीन बालक बेपत्ता भएका छन्।

National life

बुटवल उपमहानगरपालिका-११ दुर्गानगरका १५ वर्षीय सागर पौडेल, १५ वर्षकै समीर लम्साल र १४ वर्षीय प्रदीप पन्थी दुई दिनदेखि बेपत्ता भएका हुन्।

शुक्रबार विद्यालय हिँडेका उनीहरू आइतबार बिहानसम्म सम्पर्कमा आउन सकेका छैनन्। उनीहरू मध्ये दुई जना नविन औद्योगिक मावि कक्षा ९ मा एक जना नहरपुर मावि कक्षा ८ मा अध्ययनरत विद्यार्थी हुन्। विद्याालय जान भनेर सँगै घरबाट निस्के पनि उनीहरू विद्यालयमा हाजिर नभएको बताइएको छ।

इलाका प्रहरी कार्यालय (बुटवल)का डीएसपी ठगबहादुर केसीले बालकहरू यहाँ छन् पुष्टि हुन नसकेको बताए।

प्रकाशित: Sep 11, 2022| 07:40 आइतबार, भदौ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।