बुधबार, फागुन २०, २०८२

बाढी प्रभावित पाकिस्तानमा थप वर्षा हुने

पाकिस्तानको मौसम विज्ञान विभागले आगामी चार देखि पाँच दिनसम्म पाकिस्तानका केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
 |  शनिबार, भदौ २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २५, २०७९

इस्लामावाद- पाकिस्तानको मौसम विज्ञान विभागले आगामी चार देखि पाँच दिनसम्म पाकिस्तानका केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

विभागले जारी गरेको एक रिपोर्टअनुसार देशको माथिल्लो भागमा पानीसहितको बादल प्रवेश गरिरहेको छ र शनिबारदेखि बुधबारसम्म थप बर्षा जारी रहने सम्भावना छ। 

वर्षाले देशको दक्षिणी सिन्ध, दक्षिणपश्चिम बलुचिस्तान र उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तका साथै अन्य क्षेत्रमा वर्षा गराउन सक्छ। वर्षाका कारण पाकिस्तान प्रशासित काश्मिर, खैबर पख्तुनख्वाको पहाडी क्षेत्र, उत्तरी गिलगित–बाल्टिस्तान क्षेत्र र पूर्वी पञ्जाब प्रान्तको गलयत र मुरी क्षेत्रमा पहिरोको जोखिम हुन सक्ने बताइएको छ।

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए)ले बाढी प्रभावित क्षेत्रका अधिकारीहरूलाई मौसम पूर्वानुमान र विद्यमान स्थलगत अवस्थालाई ध्यानमा राखेर सतर्कता अपनाउन निर्देशन दिएको छ।

पाकिस्तानमा यस वर्षको मनसुनी वर्षा र बाढीका कारण जुन महिनाको मध्यदेखि अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या एक हजार ३९६ पुगेको छ भने १२ हजार ७२८ जना घाइते भएका छन्।

kumari

प्रकाशित: Sep 10, 2022| 23:30 शनिबार, भदौ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।