काठमाडौं- गुण्डा नाइके दावा लामा भारतको नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रीय विमानस्थलबाट पक्राउ परेका छन्। उनी प्रहरीको मोस्ट वान्टेड सूचीमा छन्।
संयुक्त अरब इमिरेट्सको दुबर्इबाट फर्किने क्रममा उनी पक्राउ परेको प्रहरी स्रोतको भनाइ छ। शनिबार बिहान करिब साढे १० बजे लामा पक्राउ परेको स्रोतले जनाएको छ।
प्रहरीले निगरानी बढाएपछि उनी दुबर्इ पुगेका थिए। दुर्इ वर्षअघि २९ चैत ०७३ मा उनीमाथि काठमाडौं गौरीघाटस्थित दिव्या पार्टी प्यालेसको 'जिम'मा गोली प्रहारसमेत भएको थियो। उनको ढाट र खुट्टामा गोली लागेको थियो। प्रहरीले दुर्इ वर्षअघि बनाएको मोस्ट वान्टेड सूचीमा उनी 'बी' ग्रेडमा थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४