बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • राष्ट्रपति बाइडेन महारानी एलिजाबेथको अन्त्येष्टिमा सहभागी हुने

राष्ट्रपति बाइडेन महारानी एलिजाबेथको अन्त्येष्टिमा सहभागी हुने

अमेरिकाका राष्ट्रपति जो बाइडेन बेलाइतकी महारानी एलिजाबेथ द्वितीयाको अन्त्येष्टिमा सहभागी हुनु भएका छन्। पत्रकारहरूको जिज्ञासाको जवाफमा अमेरिकी राष्ट्रपतिले महारानीको अन्त्येष्टिमा सहभागी हुने घोषणा गरेका हुन्।
 |  आइतबार, भदौ २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २६, २०७९

kumari

वाशिङ्टन- अमेरिकाका राष्ट्रपति जो बाइडेन बेलाइतकी महारानी एलिजाबेथ द्वितीयाको अन्त्येष्टिमा सहभागी हुनु भएका छन्। पत्रकारहरूको जिज्ञासाको जवाफमा अमेरिकी राष्ट्रपतिले महारानीको अन्त्येष्टिमा सहभागी हुने घोषणा गरेका हुन्। 

बेलायतका राजा चाल्र्स तृतीयसँग आफूले हालसम्म कुराकानी नगरेको उनले बताए। 'म उहाँलाई चिन्छु तर उहाँसँग कुरा गरेको छैन। मैले उहाँलाई अहिलेसम्म फोन पनि गरेको छैन,' ओहायोको कोलम्बसमा एयर फोर्स वानमा सवार हुनुअघि उहाँले पत्रकारहरू माझ भने। 

राष्ट्रपतिसँग औपचारिक प्रतिनिधिमण्डल पनि लण्डन जाने सम्भावना रहेको अमेरिकी प्रसारण संस्था केबल न्युज नेटवर्कले जनाएको छ। शुक्रबार राष्ट्रपतिले आफ्नी अर्धाङ्गिनी जिल बाइडेनका साथ यहाँस्थित ब्रिटिस दूतावासमा शोक पुस्तिकामा हस्ताक्षर गर्नुभएको थियो। 

प्रकाशित: Sep 11, 2022| 00:05 आइतबार, भदौ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।