बुधबार, फागुन २०, २०८२

भारतको आसाममा एक लाख सरकारी घर बनाइने

भारतको आसाम राज्यमा सरकारले एक लाख घर बनाउने भएको छ। प्रधानमन्त्री आवास योजना अन्तर्गत ती घरहरु बनाउने तयारी गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्।
 |  आइतबार, भदौ २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २६, २०७९

नयाँ दिल्ली- भारतको आसाम राज्यमा सरकारले एक लाख घर बनाउने भएको छ। प्रधानमन्त्री आवास योजना अन्तर्गत ती घरहरु बनाउने तयारी गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्। 

आसामका पञ्चायत तथा ग्रामिण विकास मन्त्री रन्जीत कुमार दासले आगामी सेप्टेम्बर १७ देखि ती घर बनाउने कार्य सुरु हुने जानकारी दिए। 

सरकारले बनाउने ती घरबाट १६ लाख मानिस लाभान्वित हुने पनि उनले शनिबार बताएका छन्। ती घरहरु प्रदेशका विभिन्न ठाउँमा बनाइने भएका छन्।

सरकारले घरवार विहिन रहेका, न्युन आय भएका परिवारलाई छानेर घर बनाइदिने योजना अनुसार ती घरहरु बनाउन लागिएको हो। ती घर निर्माण सम्पन्न भएपछि सरकारले उनीहरुलाई हस्तान्तरण गर्नेछ। भारतको केन्द्र सरकारले देशका अन्य प्रदेशहरुमा पनि प्रधानमन्त्री आवास योजना लागू गरि घरवार विहिनहरुलाई घर दिने कार्यक्रम बनाएको छ। 

प्रकाशित: Sep 11, 2022| 05:20 आइतबार, भदौ २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।