शुक्रबार, जेठ १, २०८३

प्रहरी महानिरीक्षक सिंह स्वदेश फिर्ता

प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह अमेरिकास्थित संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालय न्यूयोर्कमा भएको तेस्रो संयुक्त राष्ट्रसङ्घका प्रहरी प्रमुखको सम्मेलनमा सहभागी भई स्वदेश फर्किएका छन्।
 |  शनिबार, भदौ २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २५, २०७९

काठमाडौं- प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह अमेरिकास्थित संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालय न्यूयोर्कमा भएको तेस्रो संयुक्त राष्ट्रसङ्घका प्रहरी प्रमुखको सम्मेलनमा सहभागी भई स्वदेश फर्किएका छन्। 

National life

उनलाई शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अतिरिक्त महानिरीक्षक तथा प्रहरी नायब महानिरीक्षकलगायत वरिष्ठ प्रहरी अधिकृतले स्वागत गरे।

विमानस्थलमा कुराकानी गर्दै प्रहरी महानिरीक्षक सिंहले उक्त सम्मेलनमा संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा प्रहरीको भूमिकालाई अझ सशक्त बनाउन संयुक्त राष्ट्रसङ्घका महासचिवद्वारा जारी गरिएको साझा एजेण्डा र ‘एक्सन फर पिस किपिङ’ कार्यान्वयन गर्ने सन्दर्भमा विशेष छलफल भएको बताए। 

नेपालको तर्फबाट अन्तर्राष्ट्रिय शान्तिसुरक्षा र विकासका निमित्त स्पष्ट प्रतिबद्धता व्यक्त गरिएको उनले जानकारी दिए। सम्मेलनका क्रममा उहाँले अन्य देशका प्रहरी प्रमुखसँग द्विपक्षीय तथा बहुपक्षीय भेटघाटवार्ताका क्रममा युएन मिसनमा नेपाल प्रहरीको सहभागिता र योगदानका सम्बन्धमा नेपाल प्रहरीको योगदानको प्रशंसा गरिएको जानकारी दिए। 

उनीसँगै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल पनि उक्त सम्मेलनमा भाग लिन अमेरिका प्रस्थान गरेका थिए। यही भदौ १५ देखि १७ सम्म भएको उक्त सम्मेलनमा १८१ देशका प्रहरी प्रमुखको सहभागिता थियो।

प्रकाशित: Sep 10, 2022| 23:11 शनिबार, भदौ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।