बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • ईयू राष्ट्रहरू ऊर्जा मूल्यबारे संयुक्त दृष्टिकोण बनाउन सहमत

ईयू राष्ट्रहरू ऊर्जा मूल्यबारे संयुक्त दृष्टिकोण बनाउन सहमत

युरोपेली सङ्घ (ईयू) का सदस्य राष्ट्रका ऊर्जामन्त्रीहरूले इन्धनको मूल्य नियन्त्रणका लागि अस्थायी आपतकालीन उपायबारे साझा धारणा बनाउन शुक्रबार सहमति जनाएका छन्।
 |  शनिबार, भदौ २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २५, २०७९

ब्रसेल्स- युरोपेली सङ्घ (ईयू) का सदस्य राष्ट्रका ऊर्जामन्त्रीहरूले इन्धनको मूल्य नियन्त्रणका लागि अस्थायी आपतकालीन उपायबारे साझा धारणा बनाउन शुक्रबार सहमति जनाएका छन्।

चेक गणतन्त्रका उद्योग तथा व्यापारमन्त्री जोजेफ सिकेलाले ब्रसेल्समा भएको ऊर्जा परिषद्को बिशेष बैठकपछि भने, 'उनीहरूले युरोपेली आयोगलाई केही दिनभित्रै बलियो र ठोस प्रस्ताव पेश गर्ने जिम्मेवारी दिएका छन्।'

'हामी इन्धनको उच्च मूल्यहरूको सामना गरिरहेका हाम्रा नागरिकहरू र कम्पनीहरूलाई मद्दत गर्न जे पनि गर्नेछौं,' उनले भने। मन्त्रीहरूले चार मुख्य क्षेत्रहरू पहिचान गरी सदस्य राष्ट्रहरूले आयोगले कम उत्पादन लागतको सामना गर्ने बिजुली उत्पादकहरूको राजस्वसीमित गर्ने, ग्याँसमा सम्भावित मूल्य सीमा, ईयूभर समन्वित बिजुली माग घटाउने उपायहरू, र उपायहरू जसले कम तरलताको मुद्दा समाधान गर्न मद्दत गर्ने विश्वास गरेका छन्। 

ईयूका ऊर्जा आयुक्त कादरी सिमसनले बैठकपछि पत्रकारहरूसँग भन्नुभयो, “ऊर्जाको मूल्यमा उल्लेखनीय कमी ल्याउने र आपूर्तिको हाम्रो सुरक्षा सुनिश्चित गर्ने कुनै पनि समाधान छैन।

उनले भने, 'हामीले आपूर्तिको विविधीकरण, माग घटाउने र नवीकरणीय ऊर्जामा लगानीजस्ता सबै मोर्चामा आफ्नो काम र दृढसङ्कल्पलाई निरन्तरता दिन आवश्यक छ।'

kumari

ईयूले आफ्ना व्यापारिक साझेदारहरूसँग थप किफायती मूल्यहरू वार्ता गर्न द्विपक्षीय रूपमा काम गरिरहेको सिमसनले बताए। उनले अहिलेसम्म केही पनि निर्णय नभएको स्वीकार गर्दै भने, 'हामी अर्को हप्ता अभूतपूर्व उपायहरू प्रस्ताव गर्नेछौं।' मन्त्रीहरूले यस महिनाको अन्त्यमा फेरि बैठक बसेर अन्तिम योजनाहरूबारे छलफल गर्न र प्रस्ताबहरू पारित गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित: Sep 10, 2022| 21:20 शनिबार, भदौ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।