बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दार्चुला पहिरोबाट प्रभावितलाई राहत र उद्धारको व्यवस्था गर्न गृहमन्त्री खाणको निर्देशन

दार्चुला पहिरोबाट प्रभावितलाई राहत र उद्धारको व्यवस्था गर्न गृहमन्त्री खाणको निर्देशन

गृहमन्त्री बालकृष्ण खाणले दार्चुलामा बाढी र पहिरोमा परी प्रभावितहरुको राहत र उद्धारको व्यवस्था गर्न निर्देशन दिएका छन्। मन्त्री खाणले मन्त्रालय र मातहतका निकायलाई पहिरोबाट प्रभावितहरुको तत्काल राहत र उद्धारको व्यवस्था गर्न निर्देशन दिएका हुन्।
 |  शनिबार, भदौ २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २५, २०७९

काठमाडौं- गृहमन्त्री बालकृष्ण खाणले दार्चुलामा बाढी र पहिरोमा परी प्रभावितहरुको राहत र उद्धारको व्यवस्था गर्न निर्देशन दिएका छन्। मन्त्री खाणले मन्त्रालय र मातहतका निकायलाई पहिरोबाट प्रभावितहरुको तत्काल राहत र उद्धारको व्यवस्था गर्न निर्देशन दिएका हुन्।

मन्त्रालयले घाइतेहरुको उद्धार र उपचारको प्रबन्ध गर्न हेलिकोप्टर परिचालन गरेको छ। मन्त्री खाणको निर्देशनपछि घटनास्थलमा घाइते र प्रभावितहरुको उद्धार र खोजी कार्यका लागि हेलिकप्टर परिचालन गरिएको र घाइते तीन जनालाई हेलिकोप्टरबाट उद्धार रहेर सदरमुकामस्थित जिल्ला अस्पताल ल्याइएको मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका सहसचिव प्रदीप कोइरालाले जानकारी दिए।

शुक्रबार रातिको अविरल वर्षाका कारण महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका विभिन्न स्थानमा पहिरोले ठूलो क्षति पुर्‍याएको छ। पहिरोमा परी मृत्यु भएका ५ जनाको शव भटिएको छ भने अझै ७ जना बेपत्ता छन्।

पहिरोमा परी आठ जना घाइते भएका र त्यसमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको सुदूरपश्चिम प्रदेश प्रमुख डीआईजी मोहन आचार्यले जानकारी दिए। पहिरोमा परी ७७ वर्षीय नन्दराम बोहरा, ६८ वर्षीय मोहनराम पार्की, ३२ वर्षीय जानकी ठगुन्ना, ३५ वर्षीय मानमति कार्की र १५ वर्षीय धनुली ठगुन्नाको ज्यान गएको छ।

पहिरोमा परी बिरे ठगुन्ना, रम्भा ठगुन्ना फागुनि ठुगुन्ना, जयबहादुर ठगुन्ना, हर्कसिंह शाहु, अमर सिंह पार्की, मुसि पार्की र राम टमाटा घाइते छन्।

प्रहरीका अनुसार पहिरो परी धनसिंह कार्की, दिपक कार्की, दिनेश कार्की, मानमती शाहु, मञ्जु लोहार, दिनेश लुहार, डल्ली लोहार र साजन लोहार बेपत्ता छन्।

प्रकाशित: Sep 10, 2022| 18:09 शनिबार, भदौ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।