बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • रुस-युक्रेन युद्धको १९९ दिन : ५ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु, ६६ लाखभन्दा बढी शरणार्थी

रुस-युक्रेन युद्धको १९९ दिन : ५ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु, ६६ लाखभन्दा बढी शरणार्थी

रुस र युक्रनेबीच युद्ध सुरु भएको १९९ दिन पूरा भएको छ। सुरुवातमा रुसी सेनाले कब्जा गरेका क्षेत्रमा पछिल्लो समय युक्रेनी सेनाले फिर्ता लिने क्रम बढिरहेको छ।
 |  शनिबार, भदौ २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २५, २०७९

किभ- रुस र युक्रनेबीच युद्ध सुरु भएको १९९ दिन पूरा भएको छ। सुरुवातमा रुसी सेनाले कब्जा गरेका क्षेत्रमा पछिल्लो समय युक्रेनी सेनाले फिर्ता लिने क्रम बढिरहेको छ। 

युक्रेनी राष्ट्रपति भोलोद्मिर जेलेन्स्कीले युक्रेनी सेनाले पूर्वको खार्किभ र दक्षिणको खेरसनतर्फ हजार वर्ग किलोमिटर भन्दा ठूलो क्षेत्र फिर्ता गरेको बताएका छन्। 

उनले युक्रेनी सेनाले पूर्वी सहरहरु बालाक्लिया, दक्षिण खार्किभलगायतका क्षेत्रहरु पुन: फिर्ता गरेको भिडियो पोस्ट गरेका छन्। रुसी सेना थप आक्रामक बन्दै गएपछि रुसी सेनाले कब्जा गरेको क्षेत्र पनि गुमाउँदै रक्षात्मक भएको अलजजिराले जनाएको छ। 

सैन्य विश्लेषकहरुका अनुसार युक्रेनी सेना आक्रामक भएसँगै रक्षात्मक भएको रुसी सेनाले पूर्वमा कब्जा गरेको क्षेत्रको रुसी आपूर्ती श्रृंखला समस्यामा पर्ने भएको छ। 

रुसी राष्ट्रपतिले ३० भन्दा बढी क्षेत्रहरु युक्रेनी सेनाले फिर्ता गरेका छन् र पूर्वी डोनबास क्षेत्रमा लडाइँ जारी रहेको बताएका छन्। रुसविरुद्ध आक्रमण गरिएको युक्रेनको राजधानी किभ पुगेर जर्मन विदेशमन्त्री एन्‍नालिना बइबकले युक्रेनलाई आवश्यक सहयोग र समर्थन रहेको बताएकी छन्। 

kumari

अमेरिकी वित्तमन्त्री जनेट यलेनले युक्रेनको पुनर्रुत्थानका लागि बृहत सहकार्य आवश्यक रहेको बताएकी छन्। रुसी आक्रमणका कारण युक्रेनले ९७ बिलियन अमेरिकी डलरभन्दा बढीको प्रत्यक्ष क्षति व्यहाोर्नु परेको जनाइएको छ। त्यसैगरी आपूर्ति र उत्पादनका हिसाबमा २५२ बिलियन अमेरिकी डलरभन्दा बढीको क्षति भएको विश्‍व बैंकको तथ्यांकले देखाएको छ। 

दुई मुलुकबीच युद्ध जारी रहेको छ। अझै यो युद्ध कति दिन चल्‍ने भन्‍ने केही यकिन गर्न सकिएको छैन। अगस्त २४सम्मको तथ्यांकलाई हेर्दा ५ हजार ५८६ युक्रेनी सर्वसाधरणको मृत्यु भएको न्योयोर्क टाइम्सले जनाएको छ। तर, यसको वास्तविक तथ्यांक अझै बढी हुनसक्ने बताइएको छ।त्यसैगरी घाइते हुनेको संख्या सात हजार ८०० भन्दा बढी रहेको छ। 

युक्रेन-रुस युद्धका कारण ६६ लाखभन्दा बढी युक्रेनीहरु शरणार्थी बन्‍न बाध्य भएको जनाइएको छ। युद्धमा करिब ९ हजारभन्दा बढी युक्रेनी सेना र २५ हजारभन्दा बढी रुसी सेनाको मृत्यु भएको दाबी गरिएको छ। 

प्रकाशित: Sep 10, 2022| 16:50 शनिबार, भदौ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।