काठमाडौं- बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन नेपाल आएका श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना लुम्बिनी पुगेका छन्।
मायादेवी मन्दिरका पूजा तथा लुम्बिनी विकास कोषका गुरुयोजनाबारे जानकारी लिन उनी लुम्बिनी पुगेका हुन्।
चार्टर्ड विमानमार्फत भैरहवा विमानस्थल ओर्लेका सिरसेना हेलिकोप्टर चढेर लुम्बिनी पुगेको जिल्ला प्रशासन प्रमुख उदय बहादुर रानाले जानकारी दिए। त्यहाँ उनलाई मुख्यमन्त्री शंकर पोखरेललगायतले स्वागत गरेका थिए।
सिरसेना बुधबार काठमाडौं आएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४