शनिबार, असोज १०, २०८३

किताब जात्राको पहिलो दिनलाई पियुश मिश्राले बनाए संगीतमय

भारत मध्य प्रदेशको ग्वालियरका मिश्रा गायक, कलाकारबाहेक राम्रा कवि, रंगकर्मी, संगीतकार, स्क्रिप्ट राइटर पनि हुन्।
 |  शनिबार, भदौ २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २५, २०७९

काठमाडौं– शुक्रबार २४ असोज बेलुकी नेपाल प्रज्ञाप्रतिष्ठानको हलमा बलिउड गायक कलाकार पियुश मिश्राले सांगीतिक तथा काव्यिक माहोल बनाइदिए। काठमाडौंको अकासले दिनभरि पारेको झरीको चिसोलाई मिश्रका गीत र कविताले दर्शक तातिए। 

‘म राम्रो वक्ता होइन। स–सानो काम गर्छु’, मिश्राले बोल्न सुरु गरेपछि धारा प्रवाह गरे। थिएटरमा लागेका कलाकारको खासै कम नहुने हुँदा साथीभाइको साथ पाए  संघर्ष गर्न डराइन्नसमेत भने उनले। ‘किताब जात्रा’को पाँचौं संस्करणको निम्तोमा उनी आफ्नो अनुभव साटफेर गर्न शुक्रबार काठमाडौं आएका थिए। 

भारतको मध्य प्रदेशको ग्वालियरमा १३ जनवरी १९६३ मा जन्मिएका मिश्रा गायक, कलाकारबाहेक राम्रा कवि, रंगकर्मी, संगीतकार, स्क्रिप्ट राइटर पनि हुन्। मिश्राले नेपाली दर्शकलाई आफ्नो अनुभव मात्रै सुनाएनन्, गीत गाए र कवितामा पनि गुन्जिए।

उनले घर, हुस्न, एक बगललगायत गीत सुनाएका थिए भने कुछ इस्क किया कुछ काम किया शीर्षकको कविताका केही शेर पनि वाचन गरेका थिए। बाल्यकालदेखि नै गायन, पेन्टिङ र अभिनयमा रुची राख्ने मिश्राले आफूले गरेको अभिनयमा कसैले ताली बजाएको देखेर प्रभावित भएपछि त्यतातिरको बाटो रोजेको अनुभव नेपाली दर्शकमाझ सुनाएका थिए। 

क्यु आते हो अंकल मुजको डर लगता है’ शीर्षकको कविता सुनाएर दर्शकलाई एकछिन भावुक बनाए, मिश्राले। सन् २००३ देखि बलिउड फिल्ममा प्रवेश गरेका मिश्राले सन् १९८६ मा नेसनल स्कुल अफ ड्रामाको पास आउट गरेका थिए। पछि दिल्लीको नाटकघरमा काम गरे।

धेरै फिल्मको संवाद लेखेका मिश्राको पहिलो फिल्म हो, दिल से। तर उनलाई ग्याङ्स अफ वासेपुर र गुलालले चिनाएका थियो। उनले मकबुल, एक दिन २४ घन्टे, दिवार, झुम बराबर झुम, तेरे बिन लादेन, लफंगे परिन्दे, भिन्डी बजार राँकस्टार, तामाशा, हैप्पी भाग जायगी, पिंक, सन्जुमा संवाद गरेका छन्।

किताब जात्रामा काव्य सन्ध्या, पुस्तक प्रदर्शनी, स्टार्ट–अप प्रदर्शनी, ओपन–माइकजस्ता सहभागितामूलक सिर्जनात्मक गतिविधि पनि हुनेछन्। ‘लेखक र पाठकबीच अन्तरंग विमर्श हुने जात्रामा यस वर्ष भाषा, साहित्य, सिनेमा, समाज, बैंकिङलगायतका विभिन्न क्षेत्रका व्यक्तित्व सहभागी हुने १४ वटा सेसन रहनेछन्। 

राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको किताब जात्रा शिक्षित भट्ट र कवि विप्लप प्रतीकले ‘चिन्तन–मनन’ शीर्षकमा विमर्श गरेसँगै सुरुआत भएको थियो।

त्यसैगरी राजेन्द्र बानिया र टीकाराम यात्रीले प्रश्न–प्रतिप्रश्न शीर्षकमा विमर्श गरेका थिए। अनिल उपाध्याय, किरणकुमार श्रेष्ठ, पुरुषोत्तम खनालले ‘डिजिटल नेपालः दृष्य÷परिदृष्य शीर्षकमाथि बोलेका थिए। कार्यक्रममा समा थापाले सहजकर्ताको भूमिका वहन गरेकी थिइन् । 

‘चलचित्र–चरित्र’ शीर्षकमा अभिनेत्री भुवन चन्द, गौरी मल्ल र मिथिला शर्माले आफ्नो अनुभव सुनाएका थिए। त्यसैगरी भूपेन्द्र खड्काले सहजकर्ता गरेको ‘मौलिक स्वर’मा पत्रकार बसन्त बस्नेत, छुदेन काबिमो, सरस्वती प्रतीक्षाले विमर्श गरेका थिए।

कार्यक्रममा लेखक सुविन भट्टराईको नयाँ पुस्तक ‘इजोरिया’ लोकार्पण गरिएको थियो। दृष्य÷सादृष्य समूहले नाटक अक्षरारम्भ प्रस्तुत गरेको थियो। नेपालमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले आयोजना गरिँदै आएको ‘किताब जात्रा’को पाँचौं संस्करण शुक्रबारबाट काठमाडौंमा सुरु भएकामा शनिबार समापन हुँदै छ।

प्रकाशित: Sep 10, 2022| 15:12 शनिबार, भदौ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।