बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दार्चुला पहिरो : पाँच जनाले ज्यान गुमाए, सात बेपत्ता, आठ घाइते

दार्चुला पहिरो : पाँच जनाले ज्यान गुमाए, सात बेपत्ता, आठ घाइते

दार्चुलामा शुक्रबार राति गएको बाढी पहिरोमा परी पाँच जनाको मृत्यु भएको छ। पहिरोमा परी अन्य सात जना घाइते भएका छन्। दार्चुला प्रहरीका अनुसार अझै सात जना बेपत्ता रहेको र उनीहरूको खोजी कार्ज जारी छ।
 |  शनिबार, भदौ २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २५, २०७९

दार्चुला- दार्चुलामा शुक्रबार राति गएको बाढी पहिरोमा परी पाँच जनाको मृत्यु भएको छ। पहिरोमा परी अन्य सात जना घाइते भएका छन्। दार्चुला प्रहरीका अनुसार अझै सात जना बेपत्ता रहेको र उनीहरूको खोजी कार्ज जारी छ।

पहिरोमा परी मृत्यु हुनेमा दार्चुला-२ मुल्ला मोडका ७७ वर्षीय नन्दराम बोहोरा, नौगाड-२ दल्लेखका ६८ वर्षीय मोहन राम पार्की, दार्चुला-३ की ३५ वर्षीया मानमती कार्की, सल्लाकी ३२  वर्षीया जानकी ठगुन्ना र  नौगाड-१  की १५ वर्षीया धनुली ठगुन्ना रहेका छन्।

पहिरोमा परेर घाइते भएकाको उद्धारी अस्पताल पुगाउन हेलिकोप्टर प्रयोग गर्न गृहमन्त्री बालकृष्ण खाणले गृह प्रशासनलाई निर्देशन दिएका छन्। 

गृहमन्त्रीको निर्देशनपश्चात गृहसचिव टेकनारायण पाण्डे, मन्त्रालयका शान्ति सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव फणिन्द्रमणि पोखरेल, विपद् व्यवस्थापन महाशाखा हेर्ने सहसचिव प्रदीप कोइरालाले नेपाली सेनाको हेलिकोप्टर घटनास्थलमा पठाइएको छ।

घाइते तीन जनालाई हेलिकोप्टरबाट उद्धार गरी सदरमुकामस्थित जिल्ला अस्पतालमा ल्याइएको नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख डिआइजी मोहन आचार्यले जानकारी दिए।

हालसम्म पाँच जनाको शव भेटिएको सात जना बेपत्ता रहेको र आठ जना घाइते भएकोमा उनले बताए। घाइतेमध्य पाँच जनाको अवस्था गम्भीर रहेको छ।

प्रकाशित: Sep 10, 2022| 14:04 शनिबार, भदौ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।