शुक्रबार, जेठ १, २०८३

कलंकीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौंको कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
 |  शनिबार, भदौ २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २५, २०७९

काठमाडौं- काठमाडौंको कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। 

National life

शुक्रबार काठमाडौं-१४ कलंकी सीता पेट्रोल पम्प नजिकै रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। 

सडक छेउमा रोकेको बा प्र ०३-००१ ख २०४० न.को ट्रकमा कलंकीबाट बल्खुतर्फ जाँदै गरेको प्र.न.३-०२-००३ प ८८८८ न. को मोटरसाइकल ठोक्किएको थियो। 

अनियन्त्रित भएर ठोक्किँदा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका थिए। 

काठमाडौं-२१ बसन्तपुर दलाछिका ३१ वर्षीय सुनोजमान डंगोल र ललितपुर गोदावरी नगरपालिका-१४ बाडेगाउँका २२ वर्षीय अभिषेक महर्जनको मृत्यु भएको प्रहरीको भनाइ छ।

उनीहरू दुबै जनाको टिचिङ अस्पताल महाराजगन्जमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले ट्रक, मोटरसाइकल र मकवानपुर पदमपोखरि नगरपालिका-१२ का ३४ वर्षीय ट्रक चालक सुकलाल महर्जनलाई नियन्त्रणमा लिएको छ।

प्रकाशित: Sep 10, 2022| 10:19 शनिबार, भदौ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।