शुक्रबार, जेठ १, २०८३

सर्पको टोकाइबाट सर्लाहीमा एक महिलाको मृत्यु

सर्लाहीमा सर्पले टोक्दा एक महिलाको मृत्यु भएको छ।
 |  शनिबार, भदौ २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २५, २०७९

National life

जनकपुरधाम- सर्लाहीमा सर्पले टोक्दा एक महिलाको मृत्यु भएको छ।

शुक्रबार दिउँसो सर्लाहीको हरिवन नगरपालिका ११ हरिवन बस्ने भीमप्रसाद दाहालको घरमा ठेकदारसँग श्रम गर्न आएकी स्थानीय ३५ वर्षीय श्याम कुमारी महतोलाई सर्पले टोक्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

काम गर्ने क्रममा गोमन सर्पले टोकेपछि सिकिस्त भएकी महिलालाई उपचारको लागि नवलपुरस्थित सर्प दंश अस्पताल नवलपुर लगिएकोमा थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधाममा रिफर गरिएको थियो। सोही अस्पतालमै राति ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित: Sep 10, 2022| 10:13 शनिबार, भदौ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।