धनगढी- डोटीमा मोटरसाइकल दुर्घटनामा हुँदा एक युवकको ज्यान गएको छ।
शुक्रबार जिल्लाको जोरायल गाउँपालिका-१ मणिपुर निवासी अन्दाजी ३० वर्षीय ज्ञानु मल्लको दुर्घटनामा मृत्यु भएको हो।
प्रहरीका अनुसार घोरडी मणिपुर सडकखण्डमा सुप प्र ०१०११ प ३५४६ नम्बरको मोटरसाइकल दुर्घटना भएपछि उनको ज्यान गएको हो। उनी बजारबाट पसलको सामान लिएर घर फर्कने क्रममा मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले जनाएको छ।