दार्चुला- दार्चुलामा पहिरोमा पुरिएर एक महिला बेपत्ता भएकी छन्। नौगाड गाउँपालिकामा वडा नम्बर २ सल्लामा पहिरोमा पुरिएर किम्ती ठगुन्ना बेपत्ता भएको स्थानीयले बताए।
पहिरोमा परि अरु केही मानिस बेपत्ता भएको आशंका गरिएको छ। शुक्रबार रातिबाट परेको अविरल वर्षाले जिल्लमा ठूलै क्षति गरेको छ।
दार्चुला सदरमुकाम खलङ्गाको बंगाबगड क्षेत्रमा आएको बाढीले ठूलो क्षति पुर्याएको छ। स्थानीयका अनुसार करिब डेढ दर्जन घरहरू बगेका छन्। लास्कु खोलाको बिचमा फसेका एक जना पुरुषको सुरक्षाकर्मीले उद्धार गरेका छन्।