धनगढी- शुक्रबार रातिबाट परेको अविरल बर्षाका कारण महाकाली नदीमा जलस्तर बढेको छ। महाकाली नदीमा जलस्तर बढेर पक्की तटबन्धको माथिसम्म चढेको स्थानीयले बताएका छन्।
यसैगरी लास्कुखोलामा आएको दार्चुलमा बाढीले दर्जन बढी घर बगाएको छ। बाढीले त्रासले नदी तटिय क्षेत्रका मानिस रातिदेखिनै घरबाहिर निस्किएका छन्।
बाढीले बंगाबगड क्षेत्रका केही घर र पुल बगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिए।
रातिदेखि नै डडेल्धुरा, बाजुरा, डोटी, कञ्चनपुरलगायतका ठाउँमा ठूलो पानी परिरहेको छ ।
डडेल्धुराको गैबन्दे र कञ्चनपुरको केही क्षेत्रमा पछिल्लो ३ घण्टामा भारी वर्षा मापन भएकाले लोहोरेखोला, रंघुन, चौधर लगायत साना नदीहरूमा आकस्मिक बहाव हुने हुँदा सर्तकता अनपानउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
तटीय क्षेत्रहरू, पहिरो जानसक्ने भिरालो जमिनहरूमा बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको हो।