बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बागमती र लुम्बिनीमा भारी वर्षाको सम्भावना, कस्तो रहला अन्य स्थानको मौसम?

बागमती र लुम्बिनीमा भारी वर्षाको सम्भावना, कस्तो रहला अन्य स्थानको मौसम?

काठमाडौंलगायत देशका विभिन्न भागमा शनिबार बिहानैबाट वर्षा भइरहेको छ।
 |  शनिबार, भदौ २५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २५, २०७९

काठमाडौं- काठमाडौंलगायत देशका विभिन्न भागमा शनिबार बिहानैबाट वर्षा भइरहेको छ। 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भूभागका केही स्थानमा र बाँकी प्रदेशहरूका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

लुम्बिनी र वाग्मती प्रदेशका एक/दुई स्थानमा  मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

विभागले आज राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जनाएको छ। 

सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थानमा र बाँकी प्रदेशका एकदुई स्थानमा  मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

भारी वर्षाको सम्भावना रहेकाले वर्षा हुने पहाडी भूभागहरूमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ।

प्रकाशित: Sep 10, 2022| 06:27 शनिबार, भदौ २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।