बुधबार, फागुन २०, २०८२

सैन्य भवनमा आगजनीको प्रयास विफल पारिएको रूसको दाबी

रूसको संघीय सुरक्षा सेवा (एफएसबी)ले सेन्ट पिटर्सबर्ग नजिकैको सैन्य भवनमा आगजनीको प्रयास विफल पारिएको र घटनामा संलग्न भएको आशङ्कामा तीन जनालाई पक्राउ गरेको जनाएको छ।
 |  शुक्रबार, भदौ २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २४, २०७९

मस्को- रूसको संघीय सुरक्षा सेवा (एफएसबी)ले सेन्ट पिटर्सबर्ग नजिकैको सैन्य भवनमा आगजनीको प्रयास विफल पारिएको र घटनामा संलग्न भएको आशङ्कामा तीन जनालाई पक्राउ गरेको जनाएको छ।

गत फेब्रुअरीमा क्रेमलिनले युक्रेनमा सैन्य अभियान सुरु गरेयता सैन्य भवनमा आक्रमण बढेको छ। सेन्ट पिटर्सबर्गबाट करिब १४० किलोमिटर उत्तरमा पर्ने भाइबोर्ग सहरका तीन जना बासिन्दाले रक्षा मन्त्रालयको प्रशासनिक भवनमा आगजनीको प्रयास गरेको एफएसबीले जनाएको छ।

‘आतङ्ककारी आक्रमणको प्रयास’ भएको विषयमा अनुसन्धान सुरु गरिएको छ। घटनामा दोषी ठहरिएमा उनीहरूलाई लामो जेल सजायको हुनसक्ने बताइएको छ। रूसी सञ्चारमाध्यमले फेब्रुअरीको अन्त्यदेखि दर्जनौं भवनलाई पेट्रोल बम (मोलोटोभ ककटेल)ले निशाना बनाइएको वा तोडफोड गरिएका घटनाहरू सार्वजनिक गरेका छन्। 

रूसी सरकारी सञ्चार माध्यममा प्रशारण नभएका यी घटनाहरूले प्रायः नयाँ सैनिकहरूको भर्ती र सम्भावित भर्तीहरूको सूची व्यवस्थापन गर्ने सैन्य परिसरहरूलाई लक्षित गर्ने गरेको बताइएको छ। मस्कोले युक्रेनमा आफ्नो सैन्य अपरेसनको कुनै पनि आलोचनालाई रूसमा कडा सजाय दिन्छ। स्वतन्त्र रूसी निगरानी समूह ओभीडी–इन्फोले १६ हजारभन्दा बढीलाई हिरासतमा लिएको जनाएको छ।

रूसी अधिकारीहरूले सेनालाई ‘बदनाम’ गरेको आरोप लागेका व्यक्तिहरूलाई पनि भारी जरिवाना तिराएका छन्। ओभीडी–इन्फोका अनुसार रूसी सेना बारेमा ‘भ्रामक समाचार फैलाउने’ लगायत सैन्य अभियानको निन्दा गरेको आरोपमा २३० जनाभन्दा बढी व्यक्तिविरुद्ध फौजदारी मुद्दा दायर गरिएको छ।

kumari

प्रकाशित: Sep 09, 2022| 23:25 शुक्रबार, भदौ २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।