बिहीबार, साउन १४, २०८३

वीरेन्द्रनगर पनि बढ्यो डेंगुको जोखिममा

कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगर डेंगु रोगको जोखिममा रहेको पाइएको छ। सुर्खेतका नौ वटा स्थानीय तहमध्ये वीरेन्द्रनगर नगरपालिका डेंगुको उच्च जोखिममा रहेको नगरपालिकाले जनाएको छ।
 |  शुक्रबार, भदौ २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २४, २०७९

सुर्खेत- कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगर डेंगु रोगको जोखिममा रहेको पाइएको छ।  सुर्खेतका नौ वटा स्थानीय तहमध्ये वीरेन्द्रनगर नगरपालिका डेंगुको उच्च जोखिममा रहेको नगरपालिकाले जनाएको छ। 

नगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख भूपेन्द्र गिरीले यस वर्ष सुर्खेतमा एक सय पाँच जना डेंगु रोगका बिरामीमध्ये वीरेन्द्रनगरभित्रका मात्रै ७५ जना रहेको बताउनुभयो।  प्रमखु गिरीका अनुसार यो तथ्याङ्कबाट नै वीरेन्द्रनगर डेंगुको जोखिममा रहेको पाइएको हो। 

वीरेन्द्रनगरका १६ वटा वडामध्ये सबैभन्दा धेरै बिरामी वडा नं ४ मा रहेका छन्।  वडा नं ४ मा १५, वडा नं ३ मा १४, वडा नं २ मा १० र वडा नं ६ र ७ मा सात÷सात जना बिरामी रहेका छन्। 

डेंगु रोगविरुद्ध खोप नभएको र खास उपचार पनि नभएको हुँदा यसलाई रोक्ने प्रभावकारी उपाय नै पानी जम्न नदिनु, यसको लार्भा नष्ट गर्नु नै उत्तम रहेको जनस्वास्थ्य शाखा प्रमुख गिरी बताउछन्। 

वीरेन्द्रनगरमा डेंगु रोगको जोखिम बढ्न थालेपछि वीरेन्द्रनगर नगरपालिकाले यसको न्यूनीकरणका लागि सर्वपक्षीय सुझावसमेत मागेको छ। अघिल्लो वर्ष सुर्खेतका एक सय २८ जनामा वीरेन्द्रनगरमा मात्रै ९४ जना र त्यसअघि सुर्खेतका सात सय ९८ जनामा वीरेन्द्रनगरका मात्रै सात सय ३९ जना डेंगुका बिरामी फेला परेका थिए।

प्रकाशित: Sep 09, 2022| 22:55 शुक्रबार, भदौ २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।