काठमाडौं- बेलायती महारानी एलिजावेथ द्वितीयको सम्मानमा नेपाल सरकारले तीन दिन शोक मनाउने निर्णय गरेको छ। शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भदौ २५ गतेदेखि २७ गतेसम्म शोक मनाउने निर्णय गरेको हो।
शोक अवधिभर देशका सरकारी कार्यालय, विदेशस्थित नेपाली राजदूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो।
संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजावेथ द्वितीयको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको थियो। महारानीको दिगंवत आत्माको चिरशान्तिको कामनासमेत नेपालले गरेको छ।