बिहीबार, असार ३२, २०८३

अमेरिकाले प्यालेस्टिनी शरणार्थी सहायता बन्द गर्ने 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
संयुक्त राज्य- संयुक्त राज्य अमेरिकाले संयुक्त राष्ट्रसंघीय निकायमार्फत प्यालेस्टिनी शरणार्थीहरूका लागि उपलब्ध गराउँदै सहायोग बन्द गर्ने भएको छ।

अमेरिकी विदेश मन्त्रालयले युनाइटेड नेशन्स रिलिफ एण्ड वर्क्स एजेन्सी अर्ना 'सच्याउन नमिल्ने गरी त्रुटिपूर्ण' रहेको भन्दै सहयोग बन्द गर्न लागेको बीबीसीले जनाएको छ। मन्त्रालयकी प्रवक्ता हिथर नार्टले भनिन्, 'अमेरिकी प्रशासनले सो विषयलाई सावधानीपूर्वक समीक्षा गरेको छ र अर्नालाई अब थप योगदान पुर्‍याइने छैन।'

अर्नाका एकजना प्रवक्ता क्रिश गुनेजले शृङ्खलाबद्ध ट्वीटमार्फत् सो निकायको बचाउ गरेका छन्। 'अर्नाका विद्यालय, स्वास्थ्य केन्द्र र आपत्‌कालीन सहायता कार्यक्रमहरू सच्याउनै नमिल्ने गरी त्रुटिपूर्ण रहेको आरोपको सम्भावित सबैभन्दा कडा शब्दमा अस्वीकार गर्दछौँ', उनले लेखेका छन्। 

अमेरिकाले सहयोग बन्द गर्ने घोषणा गरेपश्चात प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासका एकजना प्रवक्ताले अमेरिकी कदम प्यालेस्टिनी जनतामाथिको 'ठाडो आक्रमण' भएको प्रतिक्रिया दिएका छन्। 

नाबिल अबु रुदैनाले अमेरिकी निर्णय राष्ट्रसंघीय संकल्प प्रस्तावहरूप्रतिको एउटा अवज्ञा भएको समेत बताए। 

गत ज्यानुअरीमा अमेरिकाले अर्नालाई दिइने आधा जति रकम रोक्ने घोषणा गरेको थियो। सन् १९४८ को अरब-इजरेल युद्धका कारण विस्थापित हुन पुगेका हजारौँ प्यालेस्टिनीहरूको रेखदेख गर्न अर्नाको स्थापना गरिएको थियो।

सो निकायले अहिले वेस्ट ब्याङ्क, गाजा र इजरेलका छिमेकी देशहरूमा ५० लाखभन्दा बढी मानिसलाई स्वास्थ्य, शिक्षा र सामाजिक सेवाको क्षेत्रमा सहयोग गर्दछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।