सोमबार, चैत २, २०८२

सामूहिक राजीनामा दिएका कर्णालीका डाक्टर काममा फर्किए

जुम्लाका सबै राजनीतिक दलले प्रतिष्ठानमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने, बाल हिंसाविरूद्ध परेको उजुरी फिर्ता लिने र संयुक्त राजीनामा फिर्ता गर्ने सहमति भएपछि उनीहरू नियमित काममा फर्केको प्रतिष्ठानले जनाएको छ।
 |  शुक्रबार, भदौ २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २४, २०७९

काठमाडौं- जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत  चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलनका कार्यक्रम स्थगित गरी नियमित काममा फर्केका छन्।

National life

जुम्लाका सबै राजनीतिक दलले प्रतिष्ठानमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने, बाल हिंसाविरूद्ध परेको उजुरी फिर्ता लिने र संयुक्त राजीनामा फिर्ता गर्ने सहमति भएपछि उनीहरू नियमित काममा फर्केको प्रतिष्ठानले जनाएको छ।  

प्रतिष्ठानका चिकित्सक तथा स्वास्थ्यकर्मीले आकस्मिकबाहेक सबै ठप्प पारेका थिए।  प्रतिष्ठानका चिकित्सक करण साहमाथि लागेको आरोप फिर्ता लिने सहमतिपछि सबै चिकित्सक काममा फर्केको अस्पताल प्रशासनले जनाएको छ।

गत भदौ २ गते डा साहमाथि प्रतिष्ठानकै कर्मचारीले कुटपिट गरेका थिए। यहाँको एक निजी विद्यालयमा अध्ययनरत चन्दननाथ नगरपालिका–२ भण्डारीवाडाका छ वर्षीय बालक पृथकविक्रम शाहीको उपचारमा डा साहले बाल हिंसा गरेको जनाउँदै बालकका आमा आशा हमाल (शाही) ले जुम्ला प्रहरीमा यही भदौ १३ गते जाहेरी दरखास्त दर्ता गरेकी थिइन्।

जिल्ला अदालत जुम्लाले अनुसन्धान अभियोजनका लागि डा साहलाई पक्राउ पुर्जी जारी गरेको थियो। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 09, 2022| 18:37 शुक्रबार, भदौ २४, २०७९
प्रतिक्रिया दिनुहोस्