शनिबार, वैशाख २२, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • नवीकरणको भरमा चल्छन् जीवन बिमा कम्पनी, निर्जीवनका २० हजार बिमालेख घटे

नवीकरणको भरमा चल्छन् जीवन बिमा कम्पनी, निर्जीवनका २० हजार बिमालेख घटे

साउन महिनामा जीवन बिमा कम्पनीले आर्जन गरेको पहिलो पटक पोलिसी बिक्री बनाएको आम्दानीको हिस्सा १५ प्रतिशत पनि छैन। कुल बिमा शुल्क आर्जनको ८५ प्रतिशतभन्दा बढी नवीकरणबाट मात्र संकलन भएको छ।
 |  शुक्रबार, भदौ २४, २०७९

भीमा पन्थी

भीमा पन्थी

शुक्रबार, भदौ २४, २०७९

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो महिनामा बिमा व्यवसायमा संकुचन देखिएको छ। बिमा क्षेत्रको नियामक बिमा समितिले सार्वजनिक गरेको साउन महिनाको व्यावसायिक तथ्यांकमा यस्तो देखिएको छ। 

triton college

समितिका अनुसार साउनमा जीवन बिमाका ७ लाख १० हजार ३४ र निर्जीवनका २ लाख ६१ हजार ६ सय ६२ गरी कुल ९ लाख ३१ हजार ६७६ बिमालेख बिक्री भएका छन्। जीवन र निर्जीवन बिमा कम्पनीले साउनमा कुल १९ अर्ब ५३ करोड २९ लाख १३ हजार बढी बिमाशुल्क संकलन गरेका छन्। जीवन बिमा कम्पनीले कुल १५ करोड ५ लाख ७४ हजार र निर्जीब बिमा कम्पनीहरुले ४ अर्ब ४७ करोड ५४ लाख ८७ हजार रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेका हुन्। 

साउन महिनामा जीवन बिमा कम्पनीले आर्जन गरेको पहिलो पटक पोलिसी बिक्री बनाएको आम्दानीको हिस्सा १५ प्रतिशत पनि छैन। कुल बिमा शुल्क आर्जनको ८५ प्रतिशतभन्दा बढी नवीकरणबाट मात्र संकलन भएको छ। 

७ लाख बढी बिमालेख बिक्री गर्दा जीवन बिमा कम्पनीले प्रथम बिमा शुल्क २ अर्ब २० करोड ३३ लाख ८५ हजार रुपैयाँ आम्दानी गरेका हुन। जुन कुल बिमा शुल्कको १४.६३ प्रतिशत हो। त्यस्तै नवीकरण बिमाशुल्क १२ अर्ब ८५ करोड ४० लाख ४० हजार रुपैयाँ आम्दानी गरेका छन्। जुन कुल बिमा शुल्क आम्दानीको ८५.३६ प्रतिशत हो। यसरी जीवन बिमा कम्पनीहरु अरुले नवीकरण व्यवसायमा निर्भर रहेको देखिन्छ। 

जीवन बिमातर्फ सर्वाधिक बीमा शुल्क आर्जन गरेको नेपाल लाइफकै नवीकरण बीमा शुल्कको हिस्सा ९०.१३ प्रतिशत रहेको छ। नेपाल लाइफले ४ अर्ब ७७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा प्रथम बीमा शुल्क ४७ करोड १३ लाख रुपैयाँ छ भने नवीकरण बीमा शुल्क आर्जन चार अर्ब ३० करोड रुपैयाँ छ।

corrent noodles
Metro Mart
साउन महिनामा जीवन बिमा कम्पनीले आर्जन गरेको पहिलो पटक पोलिसी बिक्री बनाएको आम्दानीको हिस्सा १५ प्रतिशत पनि छैन। कुल बिमा शुल्क आर्जनको ८५ प्रतिशतभन्दा बढी नवीकरणबाट मात्र संकलन भएको छ। 

समितिले बिमा व्यतित घटाउन निर्देशन दिएको कारण कम्पनी त्यसतर्फ ध्यानाकर्षण भएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए। ‘हामीले बरु व्यवसाय घटे पनि घटोस् तर बिमा व्यतित कम गर्न निर्देशन दिएको थियौँ। त्यसको प्रभाव देखिएको हो’ उनले भने, ‘यसो त पहिलो महिनामा केही घटबढी आउनु सामान्य रुपमा नै लिनुपर्छ।

२० हजार घट्यो निर्जीवन बिमालेखको संख्या
निर्जीवन बीमा व्यवसायमा संकुचन देखिएको छ। चालु आर्थिक वर्षको पहिलो महिनामै बिमालेख बिमादरमा गिरावट आएको हो। निर्जीवन बीमा कम्पनीले साउनमा २ लाख २१ हजार पोलिसी जारी गरेका छन्। उक्त पोलिसी मार्फत ४ अर्ब ४७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्। यद्यपि यो बीमा शुल्क भने गत आर्थिक वर्षको भन्दा बढी हो। 

कम्पनीहरूले गत आर्थिक वर्षको पहिलो महिनामा २ लाख ४१ हजार वटा पोलिसी बिक्री गरेर २ अर्ब ९९ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेका थिए। बीमा समितिले नन-ट्यारिफ र इन्जिनियरिङ बीमाको दर बढाएको छ। सोही कारण बीमा शुल्क आर्जन बढेको हो। 

कम्पनीले अघिल्लो महिना मात्रै पनि २ लाख ४४ हजार वटा पोलिसी जारी गरी ५ अर्ब २८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको गरेका थिए। 

एक महिनामै हजारौँ बिमा लेख बिक्रीमा कमी आउनु स्वभाविक मान्न सकिँदैन। 

साउन महिनामा नेको इन्स्योरेन्स कम्पनीले २१ हजार ८९९ वटा बिमालेख बिक्री गरी सर्वाधिक पोलिसी बिक्रेताको रुपमा रहेको छ। बिक्री बिमालेखबाट २७ करोड १० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। यो व्यवसाय गत आर्थिक वर्षको बिमालेख जारीको तुलनामा केही कम हो भने बिमाशुल्क आर्जको तुलनामा भने केही बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा २५ हजार २९९ बिमालेख बिमा गरेको थियो। जसबापत २६ करोडको हाराहारीमा बिमाशुल्क आम्दानी गरेको थियो। 

यो कम्पनीले भने अघिल्लो महिनाको तुलनामा व्यावसायमा केही सुधार गरेको देखिन्छ। गत आर्थिक वर्षको अन्तिम महिना असारमा कम्पनीले २१ हजार ६२ बिमालेख बिमा गरेको थियो। जसबाट २३ करोड ९१ लाख बिमा शुल्क आर्जन गरेको थियो। 

सवारी आयात प्रतिबन्धको असर मोटर बिमामा
चालु आर्थिक वर्षको पहिलो महिनामा मोटर बीमाको व्यवसाय घटेको देखिन्छ। विगतमा निर्जीवन बीमा तर्फ मोटर बीमाको व्यवसायको हिस्सा सर्वाधिक हुन्थ्यो। अहिले मोटर बिमाको अधिपत्य रेकर्ड ब्रेक भएको हो। 

बीमा समितिले सार्वजनिक गरेको तथ्यांकअनुसार कुल बिमा व्यावसायको मात्रै २२ प्रतिशतको हाराहारी मोटर बिमाको हिस्सा रहेको छ। यसअघि ४५ प्रतिशतसम्म निर्जीवनमा मोटर बिमाको हिस्सा हुने गर्थ्यो। 

कम्पनीहरुले वाग्मति प्रदेशमा मात्रै मोटर बिमा गरेर ५६ करोड ९ लाख ७८ हजार बिमाशुल्क आर्जन गरेका छन्। जुन कुल मोटर बिमाबाट प्राप्त बिमाशुल्कको ५४.६१ प्रतिशत हो। 

साउनमा मोटर बीमाका एक लाख २७ हजार १०३ वटा बीमालेखबाट १९ निर्जीवन बीमा कम्पनीले एक अर्ब २ करोड ७० लाख रुपैयाँ रुपैयाँ बीमा शुल्क कमाएका छन्। जुन कुल बिमा २२.९५ प्रतिशत हिस्सा हो। 

५० प्रतिशत मोटर बिमा बागमतीमा
मोटर बीमाको हिस्सा बागमती प्रदेशमा सबैभन्दा बढि रहेको छ। साउन महिनामा बागमती प्रदेशमा मात्रै ६३ हजार ६२७ बिमालेख जारी भएका छन्। जुन कुल मोटर बिमाको ४९.८२ प्रतिशत हो। 

कम्पनीहरुले वाग्मति प्रदेशमा मात्रै मोटर बिमा गरेर ५६ करोड ९ लाख ७८ हजार बिमाशुल्क आर्जन गरेका छन्। जुन कुल मोटर बिमाबाट प्राप्त बिमाशुल्कको ५४.६१ प्रतिशत हो। 

साउनमा मोटर बिमालाई सम्पत्ति बिमाले जितेको हो। समीक्षा अवधिमा निर्जीबन बिमा कम्पनीले ४३ हजार ५३८ सम्पत्ति बिमाका बिमालेख बिमा गर्दा १ अर्ब ६ करोड १७ लाख ११ हजार बिमाशुल्क संकलन गरेका हुन्। जुन बिमा शुल्क कुल बिमा बिमाशुल्क आर्जनको २३.७२ प्रतिशत हो। 

सरकारले विदेशी मुद्रा सञ्चितिमा दबाब परेको भन्दै ठूला सवारी साधनको आयातमा प्रतिबन्ध लगाएको छ। जसले गर्दा सवारी साधन बिमा तथा खरिद दरमा समेत कमी आई मोटरबीमामा गिरावट आएको हो। 

प्रकाशित: Sep 09, 2022| 18:55 शुक्रबार, भदौ २४, २०७९
प्रतिक्रिया दिनुहोस्