सोमबार, चैत २, २०८२

धादिङमा डेंगुका बिरामीले भरिए अस्पताल

एक सातादेखि अस्पतालमा दैनिक २० जनाको हाराहारीमा डेंगुका बिरामी उपचार गर्न आउने गरेका छन्।
 |  शुक्रबार, भदौ २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २४, २०७९

धादिङ- जिल्ला अस्पताल धादिङमा दैनिक डेंगुका बिरामी उपचारका लागि भर्ना हुन थालेका छन्। एक सातादेखि अस्पतालमा दैनिक २० जनाको हाराहारीमा डेंगुका बिरामी उपचार गर्न आउने गरेका छन्।

National life

लक्षण देखापरेका बिरामीमध्ये परीक्षण गर्दा दैनिक १० जनाभन्दा बढीलाई डेंगु पुष्टि हुने गरेको अस्पतालका सूचना अधिकारी विक्रम विकले जानकारी दिए। ‘दैनिक १०–१२ जनामा डेंगु देखिने गरेको छ, त्यसमध्ये पाँचभन्दा बढी बिरामी अस्पताल भर्ना भइरहेका छन्’, उनले भने।

बिहीबारसम्म धादिङ अस्पतालमा नौ डेंगुका बिरामी भर्ना भएका छन्। सामान्य अवस्थाका बिरामीलाई होमआइसोलेशनमा राखिएको  विकले जानकारी दिए। सरकारी अस्पतालले मात्रै साउनयता एक सय ४८ जनामा डेंगु पुष्टि गरेको छ। निजी अस्पताल तथा स्वास्थ्य संस्थामा जाँच गराउनेको संख्या यकिन छैन।

धादिङ अस्पतालमा हरेक दिन बिहानैदेखि डेंगुका बिरामी बहि रङ्ग कक्ष (ओपिडी) मा लाइन लाग्ने गरेका अस्पतालका आकस्मिक कक्ष प्रमुख डा. दिनेश रेग्मीले बताए। ज्वरो आउने, असाध्यै टाउको दुख्ने, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने लगायत लक्षण देखिएपछि सर्वसाधारण अस्पताल आउने गरेका छन्। अस्पतालमा शय्या अपुग हुने अवस्था आएको रेग्मी बताए।  -रासस

प्रकाशित: Sep 09, 2022| 09:07 शुक्रबार, भदौ २४, २०७९
प्रतिक्रिया दिनुहोस्