शुक्रबार, साउन १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाली सेना, प्रहरी र समाज कल्याणलाई बहाल कर बुझाउन महानगरको 'अल्टिमेटम'

नेपाली सेना, प्रहरी र समाज कल्याणलाई बहाल कर बुझाउन महानगरको 'अल्टिमेटम'

काठमाडौं महानगरपालिकाले नेपाली सेना, प्रहरी र समाज कल्याण परिषद्लाई घर बहाल कर बुझाउन १० दिने अल्टिमेटम दिएको छ।
 |  शुक्रबार, भदौ २४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २४, २०७९

काठमाडौं- काठमाडौं महानगरपालिकाले नेपाली सेना, प्रहरी र समाज कल्याण परिषद्लाई घर बहाल कर बुझाउन १० दिने अल्टिमेटम दिएको छ। 

महानगरपालिकाले नेपाली सेनाको केन्द्रीय कार्यालय थापाथली, समाज कल्याण परिषद लैनचौर र नेपाल प्रहरी प्रधान कार्यालय नक्साललाई बहाल कर बुझाउन १० दिने अल्टिमेटम दिएको हो। 

उक्त कार्यालयले आफ्नो क्षेत्रभित्र बहाल लगाई आम्दानी गरेको तर कर बुझाउन महानगरले पटक–पटक ताकेता गर्दै आए पनि नबुझाएको भन्दै जरिबनासहित कर बुझाउन महानगरले निर्देशन दिएको छ।

एक सूचना जारी गर्दै महानगरले कर नबुझाए राजस्व ऐन, २०७५ बमोजिम कारबाही गर्ने चेतावनीसमेत दिएको छ।

प्रकाशित: Sep 09, 2022| 07:55 शुक्रबार, भदौ २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।