बिहीबार, असार ३२, २०८३

भारतमा बढ्यो पेट्रोलियम पदार्थको मूल्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
नयाँ दिल्ली- भारतमा शुक्रबार पेट्रोल तथा डिजेलको मूल्य बढेर नयाँ रेकर्ड कायम गरेको छ। आज यसअघि २९ मेको मूल्यवृद्धिको रेकर्ड ब्रेक गर्दै नयाँ मूल्य निर्धारण गरिएको छ। 

शुक्रबार वृद्धि भएको मूल्य अनुसार राजधानी नयाँ दिल्लीमा पेट्रोलको बिक्रि मूल्य ७८.५२ भारतीय रुपैयाँ र डिजेलको मूल्य ७०.२१ भारतीय रुपैयाँ निर्धारण गरिएको छ।

त्यसैगरी मुम्बर्इमा पेट्रोलको बिक्रि मूल्य ८५.९२ र डिजलको ७४.५४ भारतीय रुपैयाँ छ भने कोलकोत्तामा पेट्रोलको बिक्रि मूल्य ८१.४४ र डिजेलको ७३.०६ भारतीय रुपैयाँ निर्धारण गरिएको छ। त्यसैगरी चेन्नेर्इमा पेट्रोलको बिक्रि मूल्य ८१.४४ र डिजेलको ७४.१८ भारतीय रुपैयाँ निर्धारण गरिएको भारतीय आयल निगमले जनाएको छ। पछिल्लो मूल्य अुनसार  नयाँ मूल्य आज बिहान ६ बजेदेखि लागू भएको छ। 

भारतीय आयल निगमको तथ्याकं अनुसार सबैभन्दा कम मूल्य राजधानी नयाँ दिल्लीमा छ। 

कच्चा तेलको मूल्यमा वृद्धि तथा यातायातमा ट्याक्सको मूल्य वृद्धि भएसँगै भारतमा पेट्रोल र डिजेलको मूल्य बढेको जनाइएको छ। विश्व बजारमा  पेट्रोलियम पदार्थको मूल्य कच्चा तेलको मूल्यको घटबढमा आधारित हुन्छ। 

साउदी अरेबीयाले कच्चा पेट्रोलियम पदार्थको उत्पादनमा समेत कटौती गर्ने निर्णष गरेको छ। जुलार्इदेखि नै साउदी अरेबीयाले तेलको उत्पादनमा दुर्इ लाख ब्यारेल प्रतिदिन उत्पादनमा कटौती गरेको जनाइएको छ। साउदी अरेबीयाले उत्पादनमा कटौती गरेसँगै विश्व बजारमा पेट्रोलियम पदार्थको अभाव हुने त्रास बढेको छ। 

नेपालमा पेट्रोलियम पदार्थ आयात भारतबाट नै हुने गर्छ। त्यसकारण प्राय: भारतीय पेट्रोलियमा पदार्थको मूल्य घटबढ हुँदा नेपालमा पनि मूल्य समायोज हुने गरेको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्