बिहीबार, साउन १४, २०८३

कमेडियन अपूर्व क्षितिज सिंह तारेखमा रिहा

कमेडियन अपूर्व क्षितिज सिंहलाई तारेखमा छाडिएको छ।
 |  बिहीबार, भदौ २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २३, २०७९

काठमाडौं– कमेडियन अपूर्व क्षितिज सिंहलाई तारेखमा छाडिएको छ। बिहीबार उनी हिरासतबाट तारेखमा रिहा भएको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जनाएको छ।

उनी अहिले वीर अस्पतालको कोभिड वार्डमा उपचाररत छन्। उनलाई प्रहरीले १२ भदौमा पक्राउ गरेको थियो।

कमेडी शोमार्फत नेवार समुदायको भावनामा आँच पुर्‍याएको अभियोग लागेका सिंहलाई कोरोना संक्रमणमुक्त भएपछि उपस्थित हुने गरी रिहा गरिएको हो ।

जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा राखिएका अपूर्व बिरामी भएपछि प्रहरीले गत मंगलबार उपचारका लागि वीर अस्पताल भर्ना गरेको थियो। बुधबारमात्रै अपूर्वलाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले प्रहरीले अनुमति दिएको थियो। 

प्रकाशित: Sep 08, 2022| 17:13 बिहीबार, भदौ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।