बिहीबार, असोज ३०, २०८२

'हेभिवेट' सिफारिस मोरङ-४ मा कसले हात पार्ला कांग्रेसको टिकट?

मोरङ-४ मा कांग्रेसबाट नेताहरू अमृत अर्याल, भीम पराजुली, महेश आचार्य, गुरुराज घिमिरे र दिलिप गच्छदारको दाबी छ।
 |  बिहीबार, भदौ २३, २०७९

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

बिहीबार, भदौ २३, २०७९

विराटनगर- मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस मोरङले ६ वटै निर्वाचन क्षेत्रका उम्मेदवार प्रदेश समिति समक्ष सिफारिस गरिसकेको छ। यीमध्ये मोरङ-४ बाट सबैभन्दा धेरै ५ जना आकांक्षी देखिएका छन्। यहाँ नेताहरू अमृत अर्याल, भीम पराजुली, महेश आचार्य, गुरुराज घिमिरे र दिलिप गच्छदारको दाबी छ।  अर्याल, पराजुली, गच्छदार पार्टीमा सभापति देउवा निकटका मानिन्छन् भने आचार्य र घिमिरे  संस्थापन इतरको समूहमा सक्रिय छन्। 

Kumaribank

०७४ को निर्वाचनमा पूर्वमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका उम्मेदवार महेश आचार्यलाई एमाले-माओवादी गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका अमनलाल मोदीले पराजित गरेका थिए। मोदीले उनलाई ६ हजार ७२९ मत अन्तरले पराजित गरेका थिए। मोरङका अन्य क्षेत्रमा विजेतासँग यति ठूलो मतान्तर थिएन। ५ वर्षपछि उनै आचार्य प्रत्यक्षमा टिकट पाउनका लागि तीव्र रूपमा लबिइङ गर्दै आएका छन्।

२०७४ को निर्वाचनमा एमालेको बलमा माओवादीले चुनाव जिते पनि यसपालि उक्त क्षेत्र कुनै पनि हालतमा अन्य दललाई छोड्ने पक्षमा कांग्रेस छैन। यसपाली कांग्रेस र माओवादीले गठबन्धन गर्ने निर्णय गरेकाले यो क्षेत्र छाड्न माओवादी केन्द्र राजी भइसकेको कांग्रेस नेताहरूको दाबी छ। मोरङ-४ कांग्रेसलाई छोडे मोरङ-५ माओवादीलाई दिन सकिने कांग्रेसका स्थानीय नेताको भनाइ छ।

 यहाँ नेताहरू अमृत अर्याल, भीम पराजुली, महेश आचार्य, गुरुराज घिमिरे र दिलिप गच्छदारको दाबी छ।  

मोरङका-६ मध्ये कम्तीमा ३ वटा क्षेत्रमा कोइराला समूहले टिकट दाबी गरेको छ। तर कोइराला पक्ष यो मान्न तयार छैन। संस्थापन इतरको नेतृत्व गर्ने शेखर कोइरालाको गृहजिल्ला भएकाले पनि यो जिल्लालाई उनको समूहले प्रतिष्ठाको विषय बनाएको छ। 

को आकांक्षी कस्ता?
मोरङ-४ मा दाबी गरिरहेका ५ जना आकांक्षीमध्ये कसले टिकट पाउलान् भन्ने निश्चित नभएको कांग्रेसका दुवै समूहका नेता बताउँछन्। अघिल्लो निर्वाचनमा पराजय भोगेका आचार्य आगामी मंसिरको निर्वाचनमा बदला लिन चाहन्छन्। पार्टीभित्र बौद्धिक नेताको छवि बनाएका आचार्य निर्वाचनका बेला मात्र मतदाताहरूसम्म पुग्ने आरोप लाग्ने गरेको छ। 

Metro Mart

प्रकाशित: Sep 08, 2022| 18:14 बिहीबार, भदौ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...