बिहीबार, असार ३२, २०८३

भैरहवा बजार डुबान, मुलुककै उच्‍च वर्षा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
भैरहवा- शुक्रबार बिहानैदेखी भैरहवामा परेको अविरल वर्षाको कारण बजारको अधिकांश क्षेत्र डुबानमा परेको छ। 

मौसम विभागको तथ्यांकलाई हेर्ने हो भने भैरहवामा शुक्रबार १ सय ४६ दशमलब ५ मिलिमिटर पानी परेको छ। भैरहवापछि पोखरामा ७५ दशमलब ५ मिलिमिटर, लुम्लेमा ७३ दशमलब ५ मिलिमिटर डडेलधुरामा ५४ मिलिमिटर, सिमरामा ५० दशमलब ६ मिलिमिटर पानी परेको छ।

अधिक वर्षा हुँदा भैरहवा काठमाण्डौं, भैरहवा पोखराका हवाई उडानहरु समेत अनियमित भएका छन्। दिउँसो २ बजेपछि मात्रैं बर्षा केही कम भएको थियो।

भैरहवाको सडकमा सवारी आवगमनमा समेत समस्या परेको थियो। साँझदेखी मौसम अनुकुल हुँदै गएको छ। यो वर्षको जुलाई २ तारिखका दिन सबैभन्दा बढी २ सय २६ दशमलब ९ दशमलब पानी परेको थियो भने शुक्रबार १ सय ४६ दशमलब ५ मिलिमिटर पानी परेको गौतमबुद्ध विमानस्थल भैरहवाको मौसम शाखाका प्रमुख राजेश झाले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।