बिहीबार, असार ३२, २०८३

 फर्किए भारतीय प्रधानमन्त्री मोदी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राजधानीमा आयोजित चौंथो विमस्टेक सम्मेलनमा भाग लिन आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वदेश फर्किएका छन्।

बिमस्टेक सम्मेलनको समारोह सकिएलगत्तै पशुपतिनाथ मन्दिरमा विशेष पूजा तथा नेपाल–भारत मैत्री धर्मशालाको उद्घाटनपश्चात मोदी फर्किएका हुन्। प्रधानमन्त्री मोदी भारतीय वायुसेवाको ‘आईएफसी–५४’ कलसाइनको विशेष विमान त्रिभुवन विमानस्थलमा स्वदेश फर्किएको विमानस्थल श्रोतले जनाएको छ। 

मोदीको नेपाल बसार्इका क्रममा सुरक्षाव्यवस्था निकै कडा पारिएको थियो। उनको स्वदेश फर्कने समय शुक्रबार साढे पाँच बजे तय भए पनि प्रधानमन्त्री मोदीको नेपाल बसाइ लम्बिएका कारण उडान  दुर्इ घण्टा‘डिले’ भएको थियो। 

मोदीको विशेष सुरक्षा र सहजताका लागि सात बजेदेखि नै विमानस्थलबाट हुने सबै उडान र अवतरण रोकिएका छन्। स्रोतका अनुसार आधा घण्टा विमानस्थलमा आवतजावत रोकिने भए पनि त्यसको प्रभाव ४५ मिनटभन्दा बढी पर्नेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।