शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • क्रिकेटर सन्दीपबारे आईसीसीको चासो, क्यान भन्छ– अपराध भए ढाकछोप गर्दैनौं

क्रिकेटर सन्दीपबारे आईसीसीको चासो, क्यान भन्छ– अपराध भए ढाकछोप गर्दैनौं

सन्दीपबाट अपराध भएको छ भने ढाकछोप नगर्ने र कानुनी उपचारका लागि अभिभावक संस्था भएकाले सहजीकरण गरिदिने क्यानको प्रस्टीकरण क्यानले दिएको छ।
 |  बिहीबार, भदौ २३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २३, २०७९

काठमाडौं– नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध बलात्कार आरोपमा जाहेरी परेपछि भएपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले पनि चासो देखाएकोे क्यानले जनाएको छ। क्रिकेट संघ क्यानका सचिव प्रशान्तविक्रम मल्लले सन्दीपबारे आईसीसीले बारम्बार चासो राखेको र आफूले विस्तृत विवरण दिएको बताएका छन्।

National life

आईसीसीले सन्दीपबारे बुझ्दै के हुन सक्छ, यो कस्तो केस हो भनेर संक्षिप्त जवाफ मागेको थियो। यसबारे क्यानले अहिले चलिरहेको केस सामान्य हो भनेर जानकारी दिएको थियो। ‘नेपालको नियम माइनरको केसमा भएको पूर्ण विवरण पठाएर बलात्कारसम्म हुन सक्ने भन्ने जानकारी दिएका छौं। यसमा आईसीसी पनि सिरियस भएको छ,’ मल्लले भने।

सन्दीप भने पछिल्लो तीन सिजनमा झैं सीपीएल खेल्न क्यारेबियन देश सेन्ट लुसिया पुगेका छन्। उनी अहले जमैका तलावाजमा अनुबन्ध भएका छन्। तर अहिलेसम्म सन्दीपले खेलमा अवसर पाएका छैनन्। अहिले सन्दीपले खेल्ने क्लब जमैका तलावाजलाई पनि यो कुरा थाहा भइसकेको छ। तर यसले जारी सीपीएल खेल्न अवरोध नगर्ने सन्दीपलाई क्लबले आश्वस्त पारेको उनले क्यानलाई बताएका छन्।

सन्दीपबाट अपराध भएको छ भने ढाकछोप नगर्ने र कानुनी उपचारका लागि अभिभावक संस्था भएकाले सहजीकरण गरिदिने क्यानको प्रस्टीकरण क्यानले दिएको छ।

‘उनको टिमले नै यो विषयमा थाहा पाएको जानकारी क्यानलाई गराएका छन्। त्यसैले अहिले सन्दीपले वरिष्ठ वकिल व्यवस्था गरिदिन आग्रह गरेका हुन्,’ उनले भने। उनी अब सीपीएल खेलेर नेपाल फर्किने भएका छन्। लिग चरणमा सन्दीपको टिमको अन्तिम खेल २५ सेप्टेम्बरमा रहेको छ। उनको क्लबले राम्रो प्रदर्शन गरे वा शीर्ष-४ मा परे १ अक्टोबरसम्म उनीको टिमले खेल्ने सम्भावना रहन्छ।

उनले त्यो दिनसम्म सेन्ट लुसियामा रहने बताएका छन्। अहिलेसम्म प्रहरीले क्यानलाई सहयोग मागेको छैन। ‘अपराध भएको छ भने हामी ढाकछोप गर्दैनौं। यो क्यानको धारणा हो। तर कानुनी उपचार पनि उसको अधिकार हो। त्यो अधिकारका लागि क्यान अभिभावक संस्था भएकाले सहजीकरण गरिदिन्छौं। बाँकी काम वकिलले नै गर्छन्। अपराध भएकै होइन रहेछ भने क्यानले एक्सन लिनु धेरै चाँडो हुन्छ। सोही कारण नलिइएको हो,’ मल्लले भने।

क्यान कानुनी प्रक्रिया कसरी अघि बढ्छ भन्नेबारे पर्ख र हेरको अवस्थामा रहेको उनले बताए। उनले भने, ‘हामी प्रहरीकहाँ गएका छौं। कानुन कसरी अघि बढ्छ, क्यान त्यसरी नै अघि बढ्छ। हामीले बुधबार प्रहरीसँग कुरा गरेका थियौं। उहाँहरुले हामीलाई केसको अध्ययन भइरहेको जानकारी दिनुभएको छ।’

प्रकाशित: Sep 08, 2022| 15:18 बिहीबार, भदौ २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।